विप्लव समूहसँग निर्णायक वार्ता गर्न नेताहरुको जोड

साउन १, २०७६

विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ ।

    रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिनुभयो ।


ADVERTISEMENT

    नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले चन्दसँग गम्भीर र संवेदनशील भएर सरकारले वार्ताको पहल गर्नुपर्नेमा जोड दिँदै त्यो नभएमा भविष्यमा हिंसा दोहोरिन सक्ने आशङ्का व्यक्त गर्नुभयो । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले चन्द नेतृत्वको समूहलाई उपेक्षा गर्न नहुने बताउँदै राजनीतिक मुद्दाको समाधान राजनीतिक वार्ताबाट नै गर्न सरकारसँग आग्रह गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता तथा राजनीतिक वार्ता टोलीका पूर्वसंयोजक सोमप्रसाद पाण्डेयले चन्दले सरकारसँग वार्ता गर्ने इच्छा प्रकट नगरेकाले वार्ता हुन नसकेको बताउँदै सो पार्टीलाई सरकारले आधिकारिकरुपमा वार्ताका लागि पत्र नपठाएको जानकारी दिनुभयो । उहाँले चन्दको तल्ला तहका नेतासँग विभिन्न तहमा छलफल भए पनि टेबुलमा बस्ने गर्ने गरी वार्ताको प्रगति नभएको स्पष्ट पार्नुभयो ।
 

साउन १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार