×

NMB BANK
NIC ASIA

किम जोङ उनले यसरी भित्र्याउँछन् विलासी कार (भिडियो)

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उनले देशमा विलासी वस्तुहरू एक बदनाम अन्तर्राष्ट्रिय सञ्जालमार्फत भित्र्याउने गरेको खुलासा भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

६ देश र दुई महादेश भएर जाने रूटमार्फत किमले पाँच लाख डलर पर्ने कारहरू जहाजबाट ल्याउने गरेका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै किमले विलासी कार देश भित्र्याएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजले संकलन गरेको डेटाले उत्तर कोरिया कुन हदसम्म गएर वस्तुहरू ल्याउन बाध्य छ भनी देखाउँछ । बाँकी देशले सजिलै पाउने वस्तु उत्तर कोरियाले निकै गाह्रो गरी पाउँछ । 


Advertisment
Nabil box
Kumari

अनुसन्धानकर्ताहरूले रोटरड्याममा दुईवटा मेबाख गाडी उत्तरी चीनको दालियान जाने जहाजमा राखिएको पाए । 

Vianet communication
Laxmi Bank

समुद्रमा ४१ दिन बिताएपछि दुईवटा कन्टेनर आइपुगे र बन्दरगाहमा खोलिए । ती गाडी तीन महिनासम्म त्यहीँ राखिए । 

अगस्ट २६ मा कन्टेनरहरू फेरि हिँडाइए अनि जापानको ओसाका पुर्‍याइए । त्यहाँ पनि ती गाडी तीन हप्तासम्म त्यत्तिकै थन्क्याइए । 

ओसाकाबाट दक्षिण कोरियाको बुसान अनि त्यहाँबाट रुसको नाखोद्का पुर्‍याइयो । त्यहाँबाट तिनीहरूलाई भ्लादिभोस्तोक पुर्‍याइयो । 

अक्टोबर ७ मा उत्तर कोरियाको एयर कोर्योका तीन जहाज भ्लादिभोस्तोक पुगे । तिनै विमानमा किमा विलासी कारहरू हालेर ल्याइएको बताइएको छ । 

जनवरी ३१ मा उत्तर कोरियाको राजधानी प्योङयाङको सडकमा मर्सिडिज मेबाख गाडी गुडेको देखियो । 

यस्तै किसिमका सञ्जालमार्फत उत्तर कोरियाले ९० देशबाट २१ अर्ब रुपैयाँभन्दा बढीका विलासी वस्तु सन् २०१५ देखि २०१७ सम्म भित्र्याएको अनुसन्धानकर्मीहरूको विश्वास छ । 

सन् २००६ मा ठूलो आणविक परीक्षण गरेपछि उत्तर कोरियलाई सबै विलासी वस्तु बेच्न प्रतिबन्ध लगाइएको छ । सन् २०१३ देखि विलासी कारमाथि विशेष प्रतिबन्ध लगाइएको छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x