जिल्ला र उच्च अदालतका २ सय ३४ न्यायाधीशको सरुवा, विशेषमा नयाँ न्यायाधीशहरू सिफारिस

साउन २, २०७६

काठमाडौंन्याय परिषद्को सिफारिसमा जिल्ला अदालत र उच्च अदालतका २ सय ३४ न्यायाधीशहरूको सरुवा गरिएको छ ।

परिषद्को बिहीवार बसेको बैठकले उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीशको सरुवा सिफारिस गरेको थियो ।


ADVERTISEMENT

साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नयाँ नाम शिफारिस गरेको छ ।

अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश शिवराज अधिकारी र सदस्यहरूमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दीपायलका न्यायाधीश बालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतकी न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश चन्द्रबहादुर सारू र उच्च अदालत विराटनगरका न्यायाधीश डा. रविशर्मा अर्यालकाे नाम सिफारिस गरिएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

साउन २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस