×

NMB BANK
NIC ASIA

अध्ययन भन्छ - चिनियाँहरू नुहाउने बेलामा पनि मोबाइल चलाउँछन्

माघ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ ।

Muktinath Bank

छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मोबाइलको प्रयोग गर्ने झण्डै ९० प्रतिशत चिनियाँहरूले आफू नुहाउन स्नानकक्षमा प्रवेश गर्दासमेत आफ्नो फोन साथैमा लाने बानी रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले स्नानकक्षमा फोनबाट म्यूजिकका वाबजूत भिडियो हेर्ने, श्रब्य किताब वा पाठ्यक्रम पनि सुन्ने र अध्ययन गर्ने गरेका उक्त अध्ययनले देखाएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

स्नानकक्षमा फोनको सेट लानेमध्ये १८ दशमलव १४ प्रतिशत व्यक्तिले आफूहरूको फोन अर्काले नचलाओस् वा नहेरोस् भन्नका लागि सँगै लैजाने गरेको बताएका छन् भने ९ दशमलव १५ प्रतिशतले नुहाउँदासमेत फोनमार्फत् आफ्ना कामलाई निरन्तरता दिने गरेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

रिपोर्टका अनुसार अधिकांश चिनियाँहरूका लागि नुहाउने समय राति १० बजेपछि रहने गरेको छ । अत्यधिक चिनियाँहरूले राति अवेरमात्र नुहाउन मन पाराउने गर्छन् भने बेलुका १० बजेभन्दा पछि नुहाउने चिनियाँको सङ्ख्या ३८ दशमलव ४५ रहेको छ ।

चीनमा स्मार्ट फोन वा यस किसिमका सामग्रीसँग आजभोलि अत्यधिक चिनियाँले समय विताउने गरेका पनि अध्ययनले देखाएको छ । भिडियो तथा टेलिभिजन कार्यक्रमहरू हेर्ने, विद्युतीय खेलहरू खेल्ने, सामाजिक सञ्जालमा सन्देश आदानप्रदान गर्ने काममा समय खर्चिएका कारण अधिकांशको नुहाउने समय राति अवेरका लागि पुग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदन मोबाइल प्रयोग गर्ने दुई हजार ४०० व्यक्तिसँग गरिएको प्रश्नावलीका आधारमा गरिएको कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x