धनगढीमा बम बिस्फोटपछि सुरक्षा व्यवस्था कडा

साउन २, २०७६

धनगढी । धनगढीको सहिद गेटस्थित निलम होटलमा बिहीबार बेलुका भएको बम विस्फोटपछि सुुरक्षा व्यवस्था कडा पारिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

घटना के, कसरी र, कसले घटायो ? भन्नेवारे अझैसम्म पुष्टी हुन बाँकी रहेको छ । साँझ ठूलो आवाजसहित केही पड्केको  सुनिएको स्थानीय एक पसलमा काम गर्ने विनोद चौधरीले बताए । घटना स्थलबाट केही धुलो धुँवा पनि निस्केको उनको भनाइ थियो । 


ADVERTISEMENT

बम विष्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिह, कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला, धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव घाइते भएका छन् ।

त्यस्तै ठेगाना नखुलेका मोविन खानमा पनि घाइते भएका छन् । घाइते सबैको उपचार धनगढीकै माया मेट्रो अस्पतालमा भैरहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । प्रहरीले अस्पतालमा आवातजवातमा कडाइ गरेको छ ।

घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

साउन २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस