×

NMB BANK
NIC ASIA

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न माग, विप्लवसँग वार्ता नहुने

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सुदूरपश्चिमको अस्थायी राजधानीको धनगढीको सहिद गेटस्थित निलम होटलमा बिहीबार पौने ७ बजे भएको बम बिस्फोटमा परी एक जनाको ज्यान गएको छ ।

Muktinath Bank

धनगढीकै माया मेट्रो अस्पतालमा उपचारको क्रममा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको ज्यान गएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बमको छर्राले उनको शरीरको ढाड, खुट्टाको मासुु बाहिर छुट्टिएको थियो । 


Advertisment
Nabil box
Kumari

उपचारको क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

अन्य घाइतेहरुको उपचार सोही अस्पतालमा भैरहेको छ । उपचाररत होटल सञ्चालक केशवराज पाण्डेको शरीरको पछाडिको भागमा घाउ भएको छ । 

यस्तै कञ्चनपुरको बेलडाँडी घर भएका लक्ष्मण सेरेलाको शरीरको कम्मरको भागमा घाउ भएको छ  भने धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादवको शरीरका विभिन्न भागमा चोट तथा घाउ देखिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।

यसैगरी धनगढीमा टे«क्टर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको पनि शरीरको विभिन्न भागमा चोट तथा घाउ देखिएको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त अवस्था रहेको जनाइएको छ ।
प्रहरीले घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहको संलग्नता रहेको आशंका गरेको छ । मृतक रामबहादुर सिंहले टिफिन बक्समा फिट गरेको बम झोला राखेर पिठ्युमा बोकेको प्रहरीको आशंका छ । त्यस्तै, घाइते मध्येका लक्ष्मण सेरेलाको पनि घटनामा संलग्न हुन सक्ने प्रहरीको आशंका छ । उनीहरु मोटरसाइकलमा आएको र खाजा खान होटलमा बसेका थिए ।

प्रहरीले घटना स्थलबाट एक थान पेस्टोल र एक थान से ७ प ३१४४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । त्यस्तै, बम विस्फोटले होटलको भित्तामा क्षति भएको प्रहरीले जनाएको छ ।
घटनापछि धनगढीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

यता शंकाको सुइ विप्लव समूहतर्फ सोझिएको बेला सो समूहले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । 

नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे । 

उनले भने, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको  नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’

विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।
    
न्यायाधीशको सरुवा

    न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिश गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । 

    प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै सो न्यायाधीशहरूको सरुवाका लागि सिफारिश गरेको हो । न्याय परिषद्को सिफारिशमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ ।
 

बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग 
 
    नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरू तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ । 

    काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करवाही गर्न माग गरेका छन् । 
यस्तै विभिन्न संघसंस्थाले पनि बुद्धमुर्ति तोडफोड गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । 
‘शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुँदैन’

    सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहो¥याएको छ । सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने उद्देश्यले सो समूहसँग वार्ता गर्न नसकिने प्रष्ट पारेको छ । 

    “सरकार वार्ता गर्न तयार छ, तर एजेण्डाविहीन वार्ता हुँदैन”, सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने, “दाउपेच र शक्ति सञ्चयका लागि वार्ता सम्भव छैन, ‘छक्का पञ्जा’ गर्ने उद्देश्यले वार्ता हुँदैन ।” उनले विप्लव समूह हिंसा छाडेर, संविधान मानेर शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएर आएमा एक मिनेटमा समाधान निस्कने बताए । 

गत आवमा ५४५ खानेपानी आयोजना सम्पन्न

खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५४५ खानेपानी आयोजना सम्पन्न गरेका छन् । 

    आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायले ५२६ साना तथा आधारभूतस्तरका र १९ वटा ठूला आयोजना सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजना सम्पन्न भइसकेकाले यसबाट करीब पाँच लाख ३३ हजार जनसङ्ख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २४२ वटा भूकम्पबाट प्रभावित आयोजना, २५० वटा ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षात्को पानी सङ्कलनमा आधारित आयोजना गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिए । 

    त्यस्तै खानेपानी विभागअन्तर्गत तेस्रो साना शहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजना सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजनाअन्तर्गत नौ आयोजना सम्पन्न भएका छन् । 

    तेस्रो साना शहरी खानेपानी आयोजनाअन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको वीरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजना सम्पन्न भएका छन् । 

    सहलगानीअन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढी, नवलपरासीको जलुके र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । तेस्रो साना शहरी र सहलगानीअन्तर्गत सम्पन्न भएका आयोजना ठूला आयोजनाभित्र पर्दछन् । 

    मन्त्रालयका प्रवक्ता शाक्यले ‘एक घर, एक शौचालय’को अवधारणाबमोजिम साढे ९९ प्रतिशत जनसङ्ख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्तसम्ममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए ।  

अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने 

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । 

    अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । 

संयोजक महरले सङ्गठनका नेता तथा कार्यकताबाट ‘लेवी’ उठाई सङ्गठन सञ्चालन गरिने बताए । 

घुस रकमसहित पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । 

    आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो । अपरेटर पौडेलसँग मिलेर शाहीले बिचौलियाको भूमिका निभाएका थिए । 

बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति
गत सातादेखि परेको निरन्तर वर्षाका कारण निर्माणाधीन बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति पुगेको छ । यस रेलमार्गको ७० मिटर क्षेत्रमा असर पुगेको छ । 

    वर्षातका कारण हालै सम्पन्न भएको रेलमार्गमा क्षति पुगेको रेल विभागले जनाएको छ । कमला नदीमा तटबन्ध फुट्दा आएको बाढीले त्यस स्थानमा असर पुगेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए ।  
    भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन पाँच रेलमार्गमध्ये जयनगर–बर्दिवास पनि रहेको छ । नेपाल र भारतको सीमा क्षेत्रमा रेलमार्ग निर्माण गर्ने सन् २०१० मा भारत सरकारसँग सम्झौता भएको थियो । 

‘नेपाल–भारत अन्दरदेशीय रेलमार्ग’ अन्तर्गत यस रेलमार्गमा नै सबैभन्दा बढी भौतिक प्रगति भएको पाइन्छ । सो रेलमार्ग सञ्चालन गर्न सरकारले दुई वटा रेल सेट खरीदको समेत प्रक्रिया शुरु गरिसकेको छ । भारतको सरकारी कम्पनीमार्फत नेपाल सरकारले खरीद प्रक्रिया अघि बढाउन लागेको हो । रेलमार्ग आगामी दशैँसम्ममा सञ्चालन गर्ने सरकारको योजना छ । 

असोजभित्रै विद्युतीय बस सञ्चालन हुने

    साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बुधबार मात्रै संस्थाको रु तीन अर्बको शेयर सरकारले खरीद गरेपछि विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो । 

    तीन सय बस खरीद गरेर काठमाडौँ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताए । 
    बस पल्टिँदा दुईको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बस पल्टिँदा दुईको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x