चीनले बनायो विशाल सोलार फार्म, माथिबाट हेर्दा दौडिरहेको घोडा जस्तो देखिन्छ (भिडियो)

साउन ११, २०७६

काठमाडौं – चीनले १९५ वटा फूटबल पिच जति ठूलो ठाउँ ओगट्ने विशाल सोलार फार्म बनाएको छ । माथिबाट हेर्दा त्यहाँ दौडिरहेको घोडा जस्तो देखिन्छ । 

यो प्रभावशाली परियोजनामा १५ अर्ब युआन लगानी गरिएको छ । यसले ३४५ एकड जमीन ओगटेको छ । यहाँ एक लाख ९६ हजार ३२० सोलार प्यानल राखिएका छन् ।


ADVERTISEMENT

गिनिज वर्ल्ड रेकर्ड्सले गत साता यसलाई सबभन्दा ठूलो सोलार प्यानल तस्वीर देख्छन् । यसको पावर स्टेसनलाई राष्ट्रिय ग्रिडमा गत डिसेम्बर महिनामा जोडिएको छ ।

कुबुकी मरुभूमिमा रहेको सोलार फार्म इन्नर मंगोलिया अटोनोमस रिजनमा छ । 

उक्त क्षेत्रमा घोडा प्रजनन उद्योग छ र मंगोलियाका गोठालाहरूले घोडा दौडको परम्परा मान्ने गर्छन् । त्यसैबाट प्रभावित भएर घोडाको तस्वीर बनाइएको हो । 

स्थानीय सरकारले मरुभूमिमा पर्यटन र ऊर्जा स्रोत उपयोग गर्न कुबुकीमा सोलार पावर थिम पार्क बनाइएको हो । 

यो फार्मले चार अर्ब किलोवाट विद्युत् उत्पादन गर्ने अपेक्षा छ । 

यसले ३० लाखभन्दा बढी चिनियाँ घरलाई बिजुली पुग्छ । 

अनि यसले १० लाखभन्दा बढी कोइला पनि जोगाउनेछ । यो नै चीनको ऊर्जाको र प्रदूषणको प्रमुख स्रोत हो । 

एजेन्सी
 

साउन ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस