माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
साउन ५, २०७६
सुर्खेत- कर्णाली प्रदेशको एकमात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीले सुर्खेतमा पर्याप्त स्थान हुँदाहुँदै काठमाडौंमा नवौं साधारण सभामा आयोजना गरेका छन् । सुर्खेतमै कम खर्चमा हुन सक्ने साधारणसभा काठमाडौँमा गरेपछि लाखौँ रकम स्वाहा भएको छ ।
काठमाडौँमै आयोजना गरिएको साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओली बोल्न मानेनन् । ‘प्रधानमन्त्रीज्यूका लागि एक घण्टा पर्खेर शुरू गरिएको कार्यक्रममा प्रधानमन्त्रीज्यू त आउनु भयो तर पार्टी सचिवालयको बैठक भन्दै नबोलीकन बाहिरिनुभयो,' एक सिनेट सदस्यले भने, ‘नेपाली कांग्रेस निकटका सिनेट सदस्यलाई समेत साधारणसभामा बोलाइएन ।’
सिनेट सदस्यलाई खबर गरिएन
साधारणसभामा वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदी र गुलरिया नगरपालिकाका प्रमुखलाई बोलाइएन । काम विशेषले काठमाडौंमा नै रहेका नगर प्रमुख सुवेदी आफुले साधारण सभा हुँदै भन्ने कुरा मिडियाबाट सुनेको बताए । ‘म नगरपालिकाको मेयरको हैसियतले सिनेट सदस्य भएको हुँ,' उनले भने, ‘के कति कारणले हो मलाई खबर गरिएन ।’
उनले उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला तथा निमित्त रजिष्ट्रार यामबहादुर कार्कीले राजनीतिक पूर्वाग्रह राखेर नबोलाएको हुनसक्ने बताए । ‘हामी विश्वविद्यालयलाई प्राज्ञिक थलोका रूपमा विकास गर्न चाहन्छौं,’ उनले भने, ‘विश्वविद्यालय ऐनमा नै सिनेट सदस्य भइसकेपछि तीन वर्षे कार्यकालको स्पष्ट व्यवस्था उल्लेख छ । तर के कारणले उहाँहरुले विधान मिच्नु भो हामीलाई जानकारी नै छैन ।’
नेकपा निकट विद्यार्थीद्धारा सुर्खेतमा नै साधारणसभा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले विश्वविद्यालयको नवौं साधारण सभा वीरेन्द्रनगरमा मनाएका छन् । कुलपतिका रुपमा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष प्रेम खडका, सहकुलपतिका रुपमा जगत ढकाल, उपकुलपतिका रुपमा प्रभात पोखरेल र रजिष्ट्रारका रुपमा अनेरास्ववियु एमयु राष्ट्रिय कमिटी अध्यक्ष गगनसिंह ठकुरीले भूमिका निर्वाह गरे । सदस्य सचिव समेत रहेका ठकुरीले वार्षिक नीति, कार्यक्रम, बजेट सार्वजनिक गरे भने कुलपतिले सम्बोधन गर्दै सभा टुंग्याए ।
के भन्छन विद्यार्थी नेता?
अनेरास्ववियुका केन्द्रिय सदस्य नविन योगीले सुर्खेतमा पर्याप्त स्थान हुँदा-हुँदै अधिकांश साधारण सभा काठमाडौंमा गरिनु लज्जास्पद भएको बताए । ‘विश्वविद्यालयको केन्द्रीय क्याम्पस सुर्खेतमा नै छ,' उनी भन्छन्, ‘साधारणसभा सुर्खेतमै हुनुपर्नेमा लाखौं खर्चेर काठमाडौंमा गरिनुको अर्थ के हो ?’ सुर्खेतमा विद्यार्थीले साधारणसभा मनाउनुपर्छ भनी पहलसमेत गरेका केन्द्रीय सदस्य योगीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपतिको मनोमानी बढेको आरोप लगाए ।
‘कुन स्वार्थमा विश्वविद्यालयको सिनेट काठमाडौं बस्यो ? हामीले विरोध गर्दागर्दै ?’ उनले प्रश्न गरे, ‘त्यसैले हामीले सिनेट बहिष्कार समेत गरेका हौं ।’ अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक जगत ढकालले विश्वविद्यालयले काठमाडौंमा साधारणसभा गर्नु हास्यास्पद भएको टिप्पणी गरे । ‘हामीले दिएको सुझाव लत्याएर उहाँहरूले काठमाडौंमा नै साधारण सभा गर्नुको कारण के हो ?’ उनले प्रश्न गरे, ‘यसमा पक्कै कुनै न कुनै दुर्गन्ध छ ।’
उसो त उपकुलपति सधैं विवादमा आइरहने व्यक्ति हुन । अर्का विद्यार्थी नेता पदम खडकाले सुर्खेतका सबै नेतालाई काठमाडौं लगेर उपकुलपतिले जात्रा देखाएको आरोप लगाए । कार्यक्रममा अनेरास्ववियुका नेता धर्मराज न्यौपाने, गणेश शाही लगायतको सहभागिता रहेको थियो ।
विद्यार्थीको व्यंग्यात्मकनीति तथा कार्यक्रम?
नेकपा निकट विद्यार्थीद्धारा सुर्खेतमा नै साधारणसभा गरेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । व्यंग्यात्मक रुपमा आयोजना गरिएको उक्त साधारण सभामा सदस्य सचिव बनेका ठकुरीले ११ अर्ब ७५ करोड ६२ लाख ६ हजार एक सय रुपैंया ५९ पैंसा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्याएको बताए ।
उनले सोमध्ये चालूतर्फ ७ अर्ब ७५ करोड तथा पूर्वाधार निर्माणतर्फ ३ अर्ब ६२ लाख १ सय १७ एवं समपुरक बजेटतर्फ १ अर्ब ५९ पैसा विनियोजित गरेको जानकारी दिए । विश्वविद्यालयको अनुदान आयोगबाट ९ अर्ब ७५ करोड ५९ पैसा तथा आन्तरिक श्रोतबाट २ अर्ब ६२ लाख १ सय १७ रुपैंया विनियोजित गरेको जानकारी दिए ।
कुलपति बनेका प्रेम खडकाले विश्वविद्यालयलाई उचाइमा पुर्याएको भन्दै उपकुलपतिलाई धन्यवाद दिए । उनले धेरैलाई रोजगारीको सिर्जना गराएको भन्दै नेपाल सरकारको तर्फबाट विश्वविद्यालयलाई आवश्यक बजेट दिने प्रतिबद्धता जनाए ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...