चैत ७, २०८०
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
साउन ६, २०७६
काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुग्नैलाग्दा पनि प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । आगामी साउन १० गते निर्मला हत्या भएको १ वर्ष हुन लागेको छ ।
२०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा बस्ने १३ वर्षीया निर्मलाको शव भेटिएको थियो ।
साउन १० गते साथी आँचल (रोशनी) बमको घर जान्छु भनेर निस्किएकी निर्मला अर्काे दिन ११ गते उखुबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।
निर्मला मृत भेटिएको उखुवारीको केही वरपर लेडिज साइकल, साइकलको हेन्डिलको रड, बायाँखुट्टाको चप्पल, ३ वटा कापी र कालो पोलिथिनमा अम्बा भेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
निर्मलाको शव र घटनासँग जोडिएका केही भौतिक वस्तु भेटिएपछि प्रहरी हत्यारा खोज्नतिर लाग्यो । प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाउँदै सडक आन्दोलन समेत भयो तर घटना भएको १ वर्ष हुनैलाग्दासम्म पनि हत्यारा पत्ता लागेको छैन ।
निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भन्दै कञ्चनपुर प्रहरीले भदौ ३ गते दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गर्यो तर निर्मलाको अनुसन्धानका क्रममा शवबाट संकलित ‘अभियुक्तको डीएनए’सँग विष्टको डीएनए नमिलेपछि उनी हिरासतमुक्त भए ।
विष्टलाई सार्वजनिक गर्नुअघि समेत प्रहरीले १ महिनासम्म घटनासँग सम्बन्ध नै नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिएको आरोप लाग्यो । नियन्त्रणमा लिइएका व्यक्तिलाई ‘निर्मलाको हत्या गरेको स्वीकार्न’ अनेक दबाब दिएको आरोप लाग्यो । विष्टलाई हत्यारा सावित गराउन प्रहरीले खुबै कोसिस गर्यो तर प्रमाणले नभेटाएपछि उनी हिरासतमुक्त छन् ।
विष्टपछि समेत प्रहरीले धेरै व्यक्तिलाई पक्राउ गरेर डीएनए परीक्षण गरेको छ तर प्रहरीसँग रहेको भनिएको ‘अभियुक्तको डीएनए’सँग कसैको पनि डीएनए मिल्दैन । हत्यारा खोज्न वा दोषी प्रमाणित गराउन प्रहरीसँग अन्य कुनै प्रमाण देखिँदैन ।
तत्कालीन प्रहरी नेतृत्वले प्रमाण संरक्षण नगरेको, निर्दाेषलाई फसाउन खोजेको र हत्यारालाई लुकाउन खोजेको भन्दै महेन्द्रनगर लगायत देशभर सडक आन्दोलन भयो । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १ जना किशोर शनि खुनाको मृत्यु भयो भने करीब २० जना व्यक्ति घाइते भए ।
उच्च स्तरीय समिति समेत असफल !
आन्दोलनकै दबाबमा सरकारले निर्मला हत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न भन्दै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गर्यो । समितिलाई १५ दिनको समयसीमा तोकिएपनि भदौ २५ गते पुनः १५ दिनको म्याद थपिएको थियो ।
समितिको दोस्रो पटकको म्याद थपप्रति असन्तुष्टि जनाएका समितिका सदस्य एवम् ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले पछि समितिमै सामेल भएर प्रतिवेदन तयार पार्न सघाए । प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइयो । हत्यारासम्म पुग्ने आश गरिएको समिति समेत कुहिरोको काग बन्यो । उच्च स्तरीय समिति न हत्यारासम्म पुग्न सक्यो, न हत्यारा पत्ता लाग्ने प्रमाणसम्म नै ।
हत्यारा पत्ता लगाउनुपर्छ भनेर सडक तातेको र सरकार सक्रिय भएको बेला त्यही थियो तर हत्याराबारे १ वर्षसम्म पनि स्पष्ट हुन सकेन । निर्मला हत्याकाण्डबारे हाल सार्वजनिक चर्चा र सडक आन्दोलन सेलाएको भएपनि प्रहरीको छानबिन प्रक्रिया र छविलाई भने घटनालाई घुमिल्याइदिएको छ । प्रहरीका लागि निर्मला हत्याकाण्ड अझै चुनौतीको विषय छ ।
प्रहरीले नै प्रमाण नष्ट गरेको गृहमन्त्रीको खुलासा
२०७५ असोज १० गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीले नै प्रमाण नष्ट गरेको खुलासा गरे । प्रहरीबाट ‘ब्लन्डर मिस्टेक’ भएको बताउँदै गृहमन्त्री थापाले निर्मलाको शव फेला परेको मुचुल्का तयार पार्दा उनका बुवा यज्ञराज पन्तको नक्कली औंठा छाप लगाइएको समेत समितिमा खुलाए ।
मन्दिर दर्शन गर्न भारत गएका यज्ञराज साउन १२ गते मात्रै कञ्चनपुर फर्किएका थिए तर निर्मलाको शव फेला परेको दिन अर्थात् साउन ११ गतेको मुचुल्कामा नै उनको औंठा छाप लगाइएको थियो ।
कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वको सक्रियतामा निर्मला पन्तका लुगा जलाउनेदेखि गायव पार्ने काम भएको पनि गृहमन्त्रीले भनेका थिए ।
के भन्छन् पूर्व प्रहरी अधिकारी ?
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी नेतृत्वले शुरूबाटै त्रुटि गरेको नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नवराज ढकाल बताउँछन् । ‘प्रहरीले शुरूमै प्रमाण नष्ट गर्यो । यसले गर्दा अपराधी पत्ता लगाउन अप्ठ्यारो परेको हो,’ उनले भने, ‘घटनाको प्रमाण संकलनमा प्रहरीले त्रुटि गर्यो । यसले गर्दा समस्या भएको हो । प्राविधिक त्रुटि धेरै भएका छन्, यसले गर्दा समाधान गर्न गाह्रो भएको हो ।’
निर्मला हत्याकाण्डमा राजनीति गरिनुले झन् उल्झनमा परेको उनको तर्क छ । ‘प्रहरीले निष्पक्ष समाधान गर्न पाएन । घटनाका दोषीलाई लुकाउन खोज्दा प्रहरी कमजोर भयो,’ उनले भने, ‘प्रहरीले अपराधी पत्ता लगाइसकेको छ तर प्राविधिक त्रुटिका कारण अथवा भनौ ठोस प्रमाण जुटाउन नसकेकाले अपराधी सार्वजनिक गर्न सकेको छैन ।’
के छ प्रहरीको अनुसन्धानमा ?
प्रहरीले निर्मला हत्याकाण्डलाई विभिन्न तरिकाले हेरेको छ । के छ प्रहरीको अनुसन्धानमा ? हेर्नुस् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी प्रधान कार्यालयलाई पठाएको प्रगति विवरण :-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...