×

NMB BANK
NIC ASIA

देउवालाई लाग्यो ओली सरकारले सिध्याइदिने डर ! टेलिफोन ‘ट्यापिङ’ गरेको दाबी

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् ।

Muktinath Bank

बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बीपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय संसद्मा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढंगले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक संघर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने ढंगबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।’


Advertisment
Nabil box
Kumari

अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै उनले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

बीपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने बताउँदै सभापति देउवाले भने, ‘बीपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साँच्चिकै असाधारण छ ।’

‘राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बीपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको हो,’ उनले भने, ‘मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्र विनाको समाजवाद हँुदैन भन्ने उहाँको प्रष्ट धारणा थियो ।’

उपसभापति विमलेन्द्र निधिले बीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सारेकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्ने बताए ।

प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बिपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको बताए । ‘अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणको स्रोत बीपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो, राजा र कम्युनिष्टले बिपी  विचारलाई बुझेको भए यो देश र यहाँका र जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन,’ उनले भने ।

प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीले बीपीले लिएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको धारणा व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल र उपाध्यक्ष अञ्जली श्रेष्ठले वर्षमा एकपटक बीपीको योगदानको कुरा मात्र नगर्न र शहीद परिवारप्रति गर्नुपर्ने कर्तव्यप्रति सोचेर काम गर्न सुझाव दिए ।

सभापति देउवाले बीपी र कृष्णप्रसाद भट्टराईको तस्बीरमा माल्यार्पण गर्नाका साथै प्रतिष्ठानका संस्थापक एवं पूर्व मन्त्री शास्त्रीलाई सम्मान र प्रतिष्ठानद्वारा प्रकाशित ‘शहीद’ नामक पुस्तक लोकार्पण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x