×

NMB BANK
NIC ASIA

चन्द्रमाको दक्षिणी ध्रुवमा जाँदैछ भारतको चन्द्रयान–२, कस्तो ठाउँ हो त्यो ?

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतीय अन्तरिक्ष मिसनका लागि कोशेढुंगा मानिएको चन्द्रयान–२ को प्रक्षेपण हुनै लागेको छ । यसको सबै तयारी पूरा भइसकेको छ । 

Muktinath Bank

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ ओराल्न तयार छ । चन्द्रमाको त्यस भागका बारेमा संसारलाई धेरै जानकारी छैन । इसरोका अनुसार, चन्द्रयान–२ चन्द्रमाको भौगोलिक वातावरण, खनिज, तत्त्व, वायुमण्डलको बाहिरी तह र पानीका बारेमा जानकारी जुटाउनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्रमामा पुगिसकेका अमेरिका, रुस र चीन पनि त्यस ठाउँमा पुगेका छैनन् । चन्द्रमाको त्यस भागको बारेमा धेरै जानकारी आइसकेको छैन । 


Advertisment
Nabil box
Kumari

भारतको चन्द्रयान–१ मिसनका बेलामा दक्षिणी ध्रुवमा हिउँ पत्ता लागेको थियो । त्यतिखेरबाट नै त्यस भागप्रति संसारका अनेक देशको रुचि छ । 

Vianet communication
Laxmi Bank

भारत यसपालिको मिसनमा दक्षिणी ध्रुवनजिक नै अवतरण गर्नेछ । चन्द्रयान–२ मार्फत भारतले बहुमूल्य सम्पत्ति खोज्न सक्ने र यसबाट खर्बौं डलर कमाइ हुन सक्ने मानिएको छ । यसले लगभग ५०० वर्षसम्म मानिसको ऊर्जा आवश्यकतालाई पूरा गर्न सक्छ अनि खर्बौं डलर कमाइ पनि गर्न सक्छ । चन्द्रमाबाट प्राप्त यो ऊर्जा वातावरणीय रूपमा सुरक्षित हुनेछ अनि यसले तेल, कोइला र आणविक फोहरबाट हुने प्रदूषण पनि हटाउनेछ ।

मिसन चन्द्रयान–२ मा भारतका लागि अनेकौं चुनौती छन् । भारत पहिलोपटक चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछ । 

यसअघि जुलाई १५ मा चन्द्रयान–२ को प्रक्षेपण गरिनुपर्ने थियो तर क्रायोजेनिक इन्जिनमा लीकेज भएका कारण यसलाई सोमवारसम्मका लागि रोकिएको थियो । 

इसरोका प्रमुखले अवतरणभन्दा १५ मिनेट पहिलेको समय निकै चुनौतीपूर्ण हुने बताएका छन् । पहिलोपटक चन्द्रमामा सफ्ट ल्यान्डिङ गरिन लागेको भएर १५ मिनेट निकै तनावपूर्ण हुने उनको भनाइ छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x