×

NMB BANK
NIC ASIA

नेकपाभित्र वामदेव सधैँ निर्णायक, जिल्ला इञ्चार्जमा पनि हावी

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेकपाका महत्त्वपूर्ण विभागहरूको कार्य विभाजन र जिल्ला इञ्चार्ज एवं सह–इञ्चार्जहरूको टुङ्गो लागाउने प्रक्रिया शुरू भएसँगै पार्टीमा पूर्व एमाले र पूर्व माओवादी नेताले विभिन्न गुट–उपगुट सञ्चालन गरेको टिप्पणी भैरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संगठन, विदेश, नीति तथा अनुसन्धान, स्कूल लगायतका विभागको नेतृत्वको जिम्मेवारी कसले पाउने भन्ने बहससँगै पार्टीभित्र गुट–उपगुटको चर्चा चुलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा नेकपाको सचिवालय बैठकले ७७ जिल्ला र जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरपालिकामा इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाइसकेको छ । तर महत्त्वपूर्ण मानिएका विभागहरूको नेतृत्वको बारेमा अनौपचारिक सहमति जुटेपनि त्यसलाई सार्वजनिक गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

पार्टीका विभाग र जिल्ला इञ्चार्ज एवं सह–इञ्चार्जहरूको टुङ्गो लगाउने प्रक्रिया शुरू भएसँगै पूर्व एमालेका नेताहरू केपी ओली, माधव नेपाल र वामदेव गौतमले पार्टीमा गुट चलाएको टिप्पणी भैरहेपनि वास्तविकता भने फरक पाइएको छ । 

Vianet communication
Laxmi Bank

गएको नवौं महाअधिवेशनपछि तत्कालीन एमालेमा मुख्यतः दुईवटा गुट मात्र देखा परे । पूर्व नेकपा (एमाले)भित्र केपी ओलीको नेतृत्वमा एउटा गुट सञ्चालन भयो भने माधव नेपालको नेतृत्वमा अर्को गुट ।

कतिपयले वामवदेले पनि पार्टीमा गुट चलाएको आरोप लगाए । तर गौतम स्वयंले भने गुट बनाएनन् । 

‘गुटका हिसाबले पूर्व एमालेभित्र ओली र नेपाल गुट मात्र छन् । अरू कुनै नेताले गुट बनाएको देखिएको छैन,’ पूर्व एमालेका एक नेताले लोकान्तरसँग भने । 

पार्टीमा गुट नचलाएपनि पूर्व एमालेका नेतामध्ये वामदेव गौतमलाई ओली र नेपाल गुटभित्र रहेका धेरै नेताहरूको दह्रो समर्थन देखिन्छ ।

वामदेवका पक्षमा केपी ओली गुटभित्र रहेका १३ जना र माधव गुटभित्र रहेका ७ जना गरी २० जना जिल्ला इञ्चार्ज छन् ।

ओली र नेपाल दुवै गुटका गरी २१ जना सह–इञ्चार्ज गौतमका पक्षमा छन् । पूर्व एमालेका तर्फबाट जिल्ला इञ्चार्ज बनेका ४५ मध्ये २० जना वामदेवका पक्षमा छन् भने माधव नेपालको पक्षमा १४ र ओलीको पक्षमा ११ जना छन् । ओली र नेपालको पक्षमा जम्मा २५ जना छन् । तर गौतम एक्लैको पक्षमा २० जना इञ्चार्ज छन् । 

‘यसबाट के देखिन्छ भने अहिलेका जिल्ला र महानगरपालिकाका इञ्चार्जहरूको गणना गर्दा वामदेव पक्ष नै शक्तिशाली देखिन्छ,’ पूर्व एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने । 

तत्कालीन नेकपा एमालेको नवौं महाअधिवेशनमा अध्यक्षका उम्मेदवार केपी ओलीलाई जिताउन वामदेवले निर्णायक भूमिका खेलेका थिए । त्यस्तै २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि केपी ओलीलाई एमाले संसदीय दलको नेता बनाउन पनि वामदेवले नै निर्णयक भूमिका खेलेका थिए । 

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच चुनावी तालमेल र गठबन्धन निर्माणमा पनि गौतमले पार्टीभित्र महत्त्वपूर्ण जिम्मेवारी निभाएको धेरैले चर्चा गर्छन् । 

२०७४ को चुनावअघि नेपाली कांग्रेससँग मिलेर तत्कालीन माओवादीले सरकार चलाइरहेको थियो । तत्कालीन माओवादीको कांग्रेससँगको सहकार्य टुटाएर उसलाई  एमालेसँगको चुनावी गठबन्धनमा सामेल गराउनमा गौतमले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीका शीर्ष नेताले सार्वजनिक कार्यक्रममै गौतको प्रसंसा गरेका थिए ।

साथै चुनावअघि वामपन्थी गठबन्धनको संयुक्त चुनावी घोषणापत्र निर्माणको संयोजकको जिम्मा पनि गौतमले पाएका थिए । उनैको नेतृत्वमा बनेको चुनावी घोषणापत्रको सर्वत्र चर्चा भएको थियो । ओली नेतृत्वको वर्तमान सरकारले पनि सोही घोषणापत्र पछ्याउँदै बजेट, नीति तथा कार्यक्रम ल्याउन प्रयास गरेको टिप्पणी हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x