×

NMB BANK
NIC ASIA

तापमान वृद्धिले कतिपय चरा सङ्कटमा

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ। हिमालमा बस्ने तिलहरी चरा यतिबेला बचेरा हुर्काउन व्यस्त छन् । फुस्रो खरानी रङको यो चराको घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएकोे हुन्छ । 
रातो लामो चुच्चो (ठुँडो) र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ । त्यसैले पनि यसको नाम चिलहरी चरा भन्ने गरिन्छ । बढ्दो तापक्रमका कारण तिलहरीलाई बचेरा कोरल्नै हम्मे पर्ने गरेको छ । करिब चार हजारदेखि चार हजार दुई सय मिटरमाथिका हिमाली भेगका हिउँ नदी छेउछाउ र खुला टापुमा यिनले अण्डा पार्छन् । तापक्रम बढ्दै जाँदा तिलहरीको जीवनचर्यामै असर परेको चरा अध्ययनकर्ता बताउँछन् । 

Muktinath Bank

 हिमाली भेगमै पाइने हिउँ कुखुरा पनि बढ्दो तापक्रमका कारण सङ्कटमा परेको छ । ठूलो डाँफेलाई पनि तापक्रम बढेपछि अझ माथिल्लो भेगमा जानुपर्ने बाध्यता आइपरेको चराविद् हेमसागर बरालको निष्कर्ष छ । 
 हिमाली भेगको सबैभन्दा माथि बाह्रै महिना बस्ने चरा अल्पाइन ट्रस्ट हो । पाँच हजार मिटरमाथि हिमालमा यसले बच्चा कोरल्छ । त्यस्तैगरी बरालका अनुसार चिसो पानीमा निर्भर चराको बसाइँ पनि तल्लो भेगबाट पहाडी भेगमा सर्न थालेको छ । धमिराको बच्चा निस्कने बेला अधिकांश चराले बच्चा कोरल्छ तर धमिराको बच्चा निस्कन ढिला भएपछि आहारा खोज्दै चरा पहाड उक्लन थाल्छन् । 
त्यस्तै मौसमको उतारचढावले कहिले बढी पानी पर्ने, कहिले असिना पर्ने, बाढी आउने क्रम रहँदा पनि सहजताका लागि चरा पहिलेको थातथलो छाडेर सुरक्षित स्थानमा जान थालेको पाइएको उनले बताए । 
 तराईमा बस्ने झोडे गोकुल जातको कोइली काठमाडौँमा धेरै देखिन थालेको छ । तराईमा बस्ने जुन बकुलाको एक प्रजाति पोखराका पहाडमा देखिन थालेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x