×

NMB BANK
NIC ASIA

मुख्य समाचार

मासुको मूल्य महँगियो, विपदबाट १९५ जनाको मृत्यु

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस मंगलबार  विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए । 

Muktinath Bank

    नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लडे । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागे । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सोमबार  पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहनेछ । 


Advertisment
Nabil box
Kumari

    नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो । 

Vianet communication
Laxmi Bank

    नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेखेका थिए । घोषणापत्रमा उनले भनेका छन्, “विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने उक्त घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।”

    यसलाई नेपाली माक्र्सवादीले  माक्र्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अथ्र्याएका छन् । दाजु गंगालाको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गरेका थिए ।  त्यतिखेर उनी १५ वर्षका किशोर थिए । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा थिऐ, पछि छोराका कारणले जागिर खोसिएको थियो ।  

    निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै थिएनन् इतिहास, समाजशास्त्र, मानव शास्त्रका विषयमा समेत गहिरो ज्ञान राख्थे । बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार रहेको बताइन्छ । उनी २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औँचित्य पुष्टि गर्न अहोरात्र लागेका थिए ।

    उनको  विचार र दर्शनका आधारमा सोमबार  नेकपाले आर्थिक समृद्धिको नारासहित दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ ।  देश र जनताप्रति समर्पण राख्ने, सिद्धान्तनिष्ठ अनुशासित र संघर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्गचित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

विपद्बाट १९५ को मृत्यु

    यस वर्ष विपद्बाट अहिलेसम्म  १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा तिनको मृत्यु भएको जानकारी दिए । 

उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।  प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारी वर्षाबाट सात, सर्पदंशबाट छ, हवाई दुर्घटनाबाट तीन  र  अन्य घटनाबाट तीन जनाको मृत्यु भएको छ ।   

    विपद्को घटनामा परेर ३५ बेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट नौ तथा डुङ्गा पल्टेर र हिउँपहिरामा परी एक एक छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीबाट १४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र  बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ । 
    सबैभन्दा बढी क्षति आगलागीबाट रु एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ । त्यस्तै बाढीबाट रु एक अर्ब पाँच करोड पाँच लाख चार हजार क्षति भएको छ । बाढीपछि हावाहुरीबाट रु छ  करोड ५५ लाख ३३ हजार, पहिराबाट रु  एक करोड ७८ लाख तीन हजार, भारी वर्षाबाट रु ८२ लाख २० हजार पाँच सय, चट्याङबाट रु २६ लाख दुई हजार र  जनावर आतङ्कबाट रु नौ लाख १९ हजार क्षति भएको जनाइएको छ । 

    उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार  ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन् ।  यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिराबाट १५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र  सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ । 

    यसैगरी एक हजार १७८ पशु चौपाया मरेको र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । आगलागीबाट ५५८, चट्याङबाट ४१८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट सात र  असिनाबाट छ चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण भने करीब ९० जनाको ज्यान गएको थियो । 

नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति

नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा)शुल्क नलिने सहमति भएको छ । नेपाल र जर्जियाबीच सचिवस्तरमा सोमबार  परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो । 

    दुवै देशका कूूटनीतिक र सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा शुुल्क नलिने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताए । 
    
काँग्रेसमा थप २३ जनालाई कारवाही 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ । 

काँग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार  पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई पार्टीको विधानबमोजिम कारवाही गरेको जनाएको छ ।   

समितिले सोलुखुम्बुमा २०, रौतहटमा दुई र दैलेखमा एक जना त्यस्ता नेताकार्यकर्तालाई कारवाही गरेको संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए । 

महँगियो मासुको भाउ
हरियो तरकारीको मूल्यले बजार तातिरहेको बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन् । 
पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भ्एको बहानामा मूल्य बढाएका हुन् । 
नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्डस्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतले बढेको छ । 
भ्याली कोल्डस्टोरका सञ्चालक सक्षक घिमिरेका अनुसार जिउँदो बोइलर कुखुरामा ५० रुपैयाँ बढेर २५० रुपैयाँ पुगेको छ।  खुद्रामा प्रतिकिलो २६० रुपैयाँमा बिक्री हुन्छ । 
एक महिनाअघि २८५ रुपैयाँमा बिक्री भएको तयारी मासुको होलसेलमै ३५० रुपैयाँ पुगेकोछ । खुद्रा व्यवसायीले प्रतिकिलो ३७० देखि ३८० रुपैयाँसम्म असुल्दै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

रकम फ्रिज नहुने

प्रदेश नं ३ सरकारको सोमबार  बसेको मन्त्रिपरिषद्को बैठकले १२ वटा विभिन्न निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने, दमकल, एम्बुलेन्स तथा शववाहन खरीद गर्न ससर्त अनुदानस्वरुप प्रदान गरेको रकम फ्रिज नगर्नेलगायतका निर्णय गरेको हो । 

यसबाहेक बैठकले प्रदेश सार्वजनिक खरीद नियमावली २०७६ स्वीकृत गर्ने,  ११आँै तहका स्वास्थ्य सेवाका कर्मचारीहरु पदस्थापन गर्ने, स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यविधि २०७६ स्वीकृत गर्ने, द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । 

यस्तै बैठकले एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी निर्देशिका २०७६ स्वीकृत गर्ने, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी गरी कार्य गर्ने निर्णय गरेको छ । यसैगरी सार्वजनिक निर्माण कार्यान्वयन एकाइको समयावधि थप गर्ने, एकाइको कार्यक्षेत्र थपघट तथा सङ्गठनको संशोधित दरबन्दी तेरिज स्वीकृति एवं कार्यालयको स्थान गर्ने, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाका धर्मपत्नी कान्छीमाया लामाको मृत्युको शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ढुङ्गेलले जानकारी दिए ।

चन्दका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द समूहका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई सोमबार  बिहान प्रहरीले पक्राउ गरेको हो । 

घुस लिएको अभियोगमा प्रसनी थापा पक्राउ
    
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ । 

    निज प्रसनी थापाले हार्डवयरको सामान बिक्री वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार ५०० घुस लिएको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित एक रेष्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिएको हो । उनले पटकपटक सो क्षेत्रका व्यापारीमाथि घुस माग्दै दुःख हैरानी दिई व्यवसायमा कठिनाइ पु¥याएकोसमेत अख्तियारले जनाएको छ । 

    निजलाई गए राति नियन्त्रणमा लिइएको भए पनि अख्तियारले सोमबार  मात्र सार्वजनिक गरेको हो । निज प्रसनी थापालाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए । 

थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

    काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

    ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा फुड एण्ड बेभरेज तालीमका लागि भनी थाइल्याण्ड गएका थिए । 

    राजदूतावासको पहलमा १० जना प्रशिक्षार्थीमध्ये यही साउन १ गते तीन र साउन ३ गते बाँकी सात जनालाई उद्धार गरी नेपाल फकाइसकिएको दूतावासद्वारा सोमबार  जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाली विद्यार्थीले कन्सल्टेन्सीमार्फत विदेशस्थित शैक्षिक संस्था तथा तालीम प्रदायक संस्थामा अध्ययन वा तालीमका लागि जानुभन्दा अगाडि त्यस्ता संस्थाका बारेमा विस्तृत जानकारी लिन र यकिन गरेर मात्र प्रक्रिया अघि बनाउन उपयुक्त हुने दूतावासले जनाएको छ । 

लेकसाइड २४सै घण्टा खुला गर्न माग

    पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ । 

    सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारपक्षबीच छलफल चलाएको थियो । सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् । लेकसाइडलाई पर्यटकको एउटा आकर्षक गन्तव्य बनाउन अब विकल्प सोचेर पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीले धारणा राखेका छन् ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x