पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
रुकुमपूर्व- एकदशक अघिसम्म रुकुम (पूर्व) का गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोली चढाएर भित्र्याउने चलन अहिले देख्न पाइँदैन । त्यतिबेला हरेक टोलमा एउटा डोली हुनेगरेकामा अहिले जिल्लाभर खोजे पनि भेटिँदैन । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्नेसमेत थाहा पाएका छैनन् ।
विसं ०६५ मा सिस्ने गाउँपालिका–५ की रीता बस्नेतले विवाहका बेला बेहुला पक्षले आफूलाई लिन रातो कपडाले सजाएको डोली ल्याएर आएको बिर्सिएकी छैनन् । अहिले डोली बोकेर हिँड्दै गरेका जन्ती भेट्न मुस्किल छ । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् । सोही गाउँपालिका–८ स्यालापाखाकी बिमला योगीको ०५५ सालमा र वडा नं ६ की नम्रता मगरको पनि ०६० मा बिहे हुँदा उनीहरू डोली चढेरै आएका थिए । सिस्ने–५ की कमला परियारको बिहे हुँदा पनि उहाँलाई जन्ती पक्षले रङ्गीचङ्गी बनाएर साजाइएको डोलीमा हाली ल्याएकोे सम्झँदा रमाइलो मान्छिन् । आफ्नो बिहेको रमाइलो पल सुनाउँदै कमलाले भनिन्, 'त्यसबेला बेहुलीलाई जन्तीले डोलीमै बोकेर ल्याउने चलन थियो ।'
स्थानीयवासी आफैंले काठको डोली बनाउँथे । डोली प्रयोग गरेबापत जन्तीलाई निश्चित रकम दिने चलन थियो । त्यसबाट आम्दानी पनि राम्रै हुन्थ्यो । डोली प्रयोग हुन छोडेपछि केहीको आम्दानी पनि सुकेको स्थानीयवासी रामबहादुर बुढाथोकीले बताए । डोली कसैले एक पटक भाडामा लिएबापत तीन हजार रुपैयाँसम्म दिने गरेको उनले उल्लेख गरे ।
हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । पहिले–पहिले घोडाको प्रयोग पनि बढी नै थियो । अहिले बिहेमा घोडाको प्रयोग पनि शून्य भएको सोही गाउँपालिका–४ की सानु बुढाले बताए ।
गाउँघरको परम्परागत कला र संस्कृति पनि लोप हुँदै गएको सोही गाउँपालिका–५ का मोहन शाहीले बताए । आफ्नो संस्कृति, रीतिरिवाज जोगाउन ध्यान नदिँदा थुप्रै परम्परा मासिँदै गएको छ भन्दै उनले सवारी साधनहरू गाउँघरमा पुगे पनि आफ्नो पहिचान लोप हुनु राम्रो नभएको बताए । गाडीमा सहज भए पनि डोली चढाएर दुलही अन्माउनु बेग्लै मिठास हुने शाहीको भनाइ थियो ।
मगर बाहुल्यता रहेको रुकुम (पूर्व)मा फरक भाषा, भेषभूषा, चालचलन, रीतिरिवाज भएका बासिन्दाको बसोबास छ । कतिपय संस्कृतिहरूलाई पश्चिमेली संस्कृतिले फेरबदल गरिदिएको छ । अहिलेका बिहे, व्रतबन्ध, र अन्य चाडपर्वहरुलाई आधुनिकताले परिवर्तन गरिसकेको छ ।
स्थानीय सरकारले संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको उक्त गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । उनले भने, मौलिक कला संस्कृतिले जिल्लाको पहिचान झल्काउने गर्दछ ।' मौलिकता बोकेका कतिपय परम्परा जोगाउनै पर्छ भन्ने मान्यताले गाउँपालिका अघि बढेको छ,' उनले भने ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...