×

NMB BANK
NIC ASIA

भौतिक दुर्दशा

कारागारको कहर : भवनभित्र कैदी नअटेपछि १ दर्जन टेन्ट, संक्रमणको जोखिम

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – जिल्ला कारागार कैलाली स्थापना भएको ७९ वर्ष पुगेको छ । सशस्त्र द्वन्द्वताका १ पटक जेल ब्रेक भयो । २५ जना अट्ने क्षमताको कारागार १ सय ५० जना अट्ने बनाइयो ।

Muktinath Bank

कैदीबन्दी संख्या कहिल्यै घटेन । क्षमताभन्दा ३ गुणा वृद्धि भई असार मसान्तसम्ममा ४ सय ८६ जना पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ कोठे जीर्ण संरचनाभित्रै खुम्चिएको कारागार प्रशासनलाई कैदी व्यवस्थापनमा हम्मेहम्मे परेको छ । एउटै साँघुरो कोठामा दैनिक प्रशासनिक गतिविधि, लेखा, कैदीबन्दीको स्वास्थ्य जाँच गरिँदाको पीडा कार्यरत कर्मचारीले आफैंभित्र गुम्स्याएर बस्न बाध्य छन् ।


Advertisment
Nabil box
Kumari

कारागारका चिकित्सक तथा सिनियर अहेब हरिभक्त विष्टले निसंकोचपूर्वक भने, ‘भौतिक संरचना नभएकै कारण यही कोठाभित्रै सबैथोक गर्नुपर्छ । कोही न कोही बिरामी परिरहन्छन् । गोप्य अंग जाँच गर्नुपर्दा कि त अन्य कर्मचारीलाई बाहिर निकाल्नुपर्छ । कि त आँखा बन्द गरेर पनि स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यता छ ।’

Vianet communication
Laxmi Bank

कैदीबन्दीका लागि पर्याप्त संरचना नहुँदा रोगको संक्रमण बढ्ने उत्तिकै सम्भावना छ । स्वासप्रस्वास, छाला सम्बन्धी विभिन्न सरुवा रोग सर्ने सम्भावना रहेको चिकित्सक बिष्टको भनाई छ ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या थपिँदै गएको कारागार प्रमुख महेन्द्र खड्काले बताए । कतिपय समयमा आधा कैदीबन्दी सुत्नुपर्ने र आधाले बसिरहनुपर्ने अवस्था रहेको बताउँदै उनले त्रिपाल टाँगेर बनाइएको टेन्टमा कैदीहरूलाई बसाउँदै आएको जानकारी दिए । कारागारभित्रै १ दर्जन टेन्ट बनाएर कैदीबन्दीलाई बडो मुस्किलले व्यवस्थापन गर्दै आएको कारागार प्रमुख खड्काले बताए ।

राज्यले समय अनुसार कारागार व्यवस्थापनमा ध्यान नदिँदा कारागारमा व्यापक मानवअधिकार उल्लंघन समेत हुँदै आएको बताइएको छ । लामो समय टीकापुर घटना मुद्दामा कारागारमा बसिसकेका थारु नेता लक्ष्मण थारुले कारागार व्यवस्थापन राज्यको प्राथमिकतामा नपरेको बताए । कैदीबन्दीलाई लामो समयसम्म टेन्टमै राख्ने हुँदा बाँच्न पाउने अधिकारबाट समेत कैदीबन्दी वञ्चित हुँदै आएको बताए ।

जेल चलान हुने बित्तिकै मनोवैज्ञानिक रुपमा कमजोर बनेका कैदीबन्दीले गर्मीमा अधिक गर्मी, जाडोमा अति जाडो र वर्षात्मा भिज्नुपर्ने भएकाले कारागार सुधार गृह नभई नितान्त यातना गृह बनेको नेता थारुको भनाई छ । उनले कैलाली कारागारभित्रका करीब ३५ प्रतिशत कैदीबन्दी टेन्टमै बस्दै आएको समेत दाबी गरे ।

कारागार प्रमुख खड्काले भौतिक संरचना निर्माणको लागि पटक–पटक कारागार विभागसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए तर हालसम्म व्यवस्थापनमा सरकारको ध्यान नपुुगेको उनले बताए । कारागार प्रशासन रहेको भवन जीर्ण हुँदा पानी चुहिने समस्याले कागजात बचाउन समेत धौंधौं पर्दै आएको कारागार प्रमुख खड्काले दुखेसो सुनाए ।

केन्द्रीय कारागार विभागले कारागार व्यवस्थापनको लागि भन्दै भौतिक संरचना निर्माण इस्टिमेट माग गरेपछि २०७५ भदौ १ गते जिल्ला कारागारले विभागलाई भौतिक संरचना निर्माणको लागि इस्टिमेटसहित विवरण पठाएको थियो । बन्दीगृह, १ थान गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्यांकीसहित महिला पुरुष शौचालय, कार्यालय भवनसहित १२ करोड, ८२ लाख, ८४ हजार ६६४ रुपैयाँ बराबरको लागत इस्टीमेट पठाएको तर कुनै सुनुुवाइ नभएको कारागार प्रमुख खड्काले बताए ।

कारागार कैलालीमा हाल ३० जना विदेशी कैदीसहित ४ सय ८६ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४ सय ४२ जना पुुरुष कैदी र थुनुवा रहेका छन् भने ३९ जना महिला र ५ जना नाबालक रहेको कारागार प्रशासनले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x