प्रभासको 'साहो'को एक्स प्याक्ड नयाँ पोस्टर सार्वजनिक

साउन ९, २०७६

काठमाडौं – प्रभास र श्रद्धा कपूरको अभिनय रहेको साहो अगस्ट ३० मा रिलिज हुन लागेको छ । 

लामो समयदेखि फिल्ममेकरहरूले यस फिल्मप्रति दर्शकको उत्सुकता कायम राखेका छन् । मेकरहरूले रणनीति नै बनाएर उत्सुकता जगाउने हिसाबले फिल्मको पोस्टर रिलिज गरेका छन् । 


ADVERTISEMENT

केही दिनअघि रिलिज गरिएको पोस्टरमा प्रभास र श्रद्धाको रोमान्टिकता देखिएको थियो । नयाँ पोस्टरमा चाहिँ उनीहरू एक्सन अवतारमा देखिएका छन् । दुवैको लूक्स निकै इन्गेजिङ छ । 

साहोप्रति मानिसहरूको क्रेज बढेको छ त्यसैले फिल्मको एउटा फोटो मात्र आयो भने पनि सामाजिक सञ्जालमा चर्चित भइहाल्छ । प्रभासका कारण पनि फिल्मप्रति क्रेज बढेको छ । दक्षिण भारतीय फिल्म जगतमा लोकप्रिय प्रभास अब बिस्तारै हिन्दी सिनेमामा पनि अन्य अभिनेताहरूलाई टक्कर दिँदैछन् । 

एजेन्सी
 

साउन ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस