×

NMB BANK
NIC ASIA

निर्मला हत्याको १ वर्ष : अपराधीलाई हाइसञ्चो, तारेख धाउँदै प्रहरी !

साउन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – बहुचर्चित निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ वर्ष पुगेको छ ।

Muktinath Bank

घटनामा संलग्नको कुनै पत्ता नलाग्दा १ वर्षसम्म भएका विभिन्न अनुसन्धानको उपलब्धि शून्य रहेको छ । पीडित परिवारले न्याय खोज्दाखोज्दै अन्यायको अनुभूति गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला गत वर्ष साउन १० गते बिहान ११ बजे साथी आँचल (रोशनी) बमको घरमा विज्ञान विषयको कापी लिन गएकी थिइन् । त्यहीँबाट बेपत्ता भएकी र पछि नजिकै रहेको उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा उनी फेला परेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

बितेको १ वर्षमा सबैभन्दा बढी र जोडदार ढंगले उठेको मुद्दा नै निर्मला हत्याकाण्ड हो । जुन घटनामा सरकारको सुरक्षा संयन्त्रको अनुसन्धान प्रणाली फेल भएको आरोप लाग्ने गरेको छ ।

Vianet communication
Laxmi Bank

निर्मला हत्याकाण्ड छानबिनका लागि सरकारले सहसचिव हरि मैनाली नेतृत्वका उच्चस्तरीय छानबिन समिति बनायो । समितिले समेत हत्याराको सुइँको पत्ता लगाउन सकेन । उच्च स्तरीय छानबिन समितिले बनाएको प्रतिवेदन थन्कियो । 

राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनाको छानबिन गरेर प्रतिवेदन बनाएको छ । आयोगका आयुक्त मोहना अन्सारी स्वयं आफैं आएर घटनाको अनुसन्धान गरेकी थिइन् ।

घटना अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी हेडक्वार्टरको सिफारिसमा गृह मन्त्रालयले ८ प्रहरीलाई निलम्बन गर्‍यो । प्रहरीले घटनाको आन्तरिक छानबिनका लागि एआईजी धिरु बस्न्यातको नेतृत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदिशप्रशाद भट्टलाई सेवाबाट हटायो ।

निर्मला हत्याकाण्ड छानबिनका लागि कञ्चनपुर प्रहरीले १ वर्षमा ६ सयभन्दा बढी व्यक्तिमाथि अनुसन्धान गरेको छ । कतिपयलाई पक्राउ गरेर हिरासतमै राखेर अनुसन्धान गर्‍यो । कतिपयलाई सोधपुछ गरेर कागज बनाउँदै छाड्यो । कतिपयलाई समान्य सोधपुछपछि छाड्यो । ७० भन्दा बढी व्यक्तिको रगतको नमूना लिएर (डीएनए) परीक्षणका लागि लगेपनि उपलब्धि हाल पार्न सकेको छैन ।

शव फेला परेकै दिनदेखि आन्दोलन चर्किएकाले मुख्य अपराधी उम्किएको प्रहरीको दाबी छ । निर्मलाको वास्तविक हत्यारा सार्वजनिक हुनुपर्ने माग राख्दै अधिकारकर्मी हेलन श्रेष्ठ नेतृत्वमा दबाबमूलक संघर्ष समिति र अर्का अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महिनौं आन्दोलन गरेका थिए । स्थानीय, प्रदेश र केन्द्रसम्म पनि आन्दोलन गर्दा केही प्रगति भएन । अनुसन्धान आन्दोलनबाट नभई अध्ययन, तथ्य र विज्ञानबाट हुने विज्ञको भनाई छ । 

८ प्रहरीको निलम्बन

घटना भएको २ महिनाभित्रै गृह मन्त्रालयले ८ प्रहरीलाई निलम्बन गर्‍यो । मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसी, कञ्चनपुरका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिशप्रसाद भट्ट, एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षकद्वय रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई निलम्बन गर्‍यो ।

प्रहरी प्रमुख विष्ट, डीएसपी जिसी नेतृत्वको टोलीले २४ दिनमा निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै भदौ ४ गते भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलिप विष्टलाई सार्वजनिक गर्‍यो । अदालतबाट १० दिनको म्याद थपेर दिलिपलाई सार्वजनिक गरिएको थियो । मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी करार गराउन खोजिएको भन्दै नागरिक समाज र अधिकारकर्मी सहितका स्थानीयले आन्दोलन घोषणा गरे । सोही विषयलाई लिएर भदौ ५ देखि ८ गतेसम्म महेन्द्रनगर आन्दोलनमय भयो । 

गोली चले, आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १३ वर्षीय शनि खुनाले ज्यान गुमाए । दर्जनौं घाइते भए । भदौ ८ गते कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट, डीएसपी सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई अयन्त्र सरुवा गरियो ।

घटना छानबिनका लागि सीआईबीका डीएसपी जिसीपछि एसएसपी ठाकुरप्रसाद ज्ञवाली, एसपी सुदिप गिरी र हाल एसपी गणेश चन्द नेतृत्वको टोली खटिएको छ । प्रहरी प्रधान कार्यालयले सहयोगका लागि भन्दै एसपी दूर्गा सिंह चन्दलाई पनि खटायो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व वर्षमा २ पटक परिर्वतन गर्‍यो । तत्कालीन प्रहरी प्रमुख र सूचना अधिकारी परिर्वतन गरेसँगै एसपी कुवेर कडायत, डीएसपी कृष्ण ओझालाई पठायो । हाल कञ्चनपुर प्रहरी प्रमुखमा एसपी दिनेश आचार्य र डीएसपी गणेश बम छन् ।

हत्या प्रकरणमा पक्राउ परेका भीमदत्त नगरपालिका–१८ सालघारीका विशाल चौधरीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख कुवेरसिंह खडायत, एसपी दूर्गा सिंह, डीएसपी कृष्णा ओझासहित २ जना नाम नखुलेका गरी ५ जना प्रहरीविरुद्ध यातना सम्बन्धी उजुरी दिएका छन् । २ पटक कञ्चनपुर आएर निर्मला पन्तको घरमा समेत पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्याकाण्ड छानबिन गर्ने वचन दिए । हत्यारा पत्ता नलाग्नुको मूल कारण प्रहरी संगठनभित्रकै समस्या रहेको स्थानीयको बुझाइ छ । 

एसपी कुवेर कडायत नेतृत्वले रोशनी र बबिता बम (दिदीबहिनी) लाई हिरासतमा राखेर अनुसन्धान गर्‍यो तर कुनै प्रमाण नभेटाएपछि दुवैलाई छाडियो । रोशनीलाई साधारण र बबितालाई ३० हजार रुपैयाँ धरौटीमा सरकारी वकिल कार्यालयमार्फत छाडिएको छ । 

प्रहरी अधिकारीबाट ५० लाख धरौटी

निलम्बनमा परेका ८ प्रहरीविरुद्ध निर्मलाकी आमा दूर्गादेवी पन्तले प्रमाण नष्ट र दिलिपका दाजु खडकसिंह विष्टले यातना विरुद्धको उजुरी दिएका थिए तर पछि निर्मलाकी आमा दूर्गाले प्रहरीले प्रमाण नष्ट नगरेको भन्दै अदालतमा निवेदन दिएकी थिइन् ।

सीआईबीका डीएसपी जिसीले दिलिप विष्ट र उनको घरपरिवारसँग लिएको बयानको भिडियो बाहिरिएपछि दूर्गाले प्रहरीविरुद्ध दायर गरेको मुद्दामा मुद्दा फिर्ताका लागि भन्दै निवेदन दिएकी थिइन् । ८ प्रहरीविरुद्ध परेका २ मुद्दाबाट जिल्ला अदालत कञ्चनपुरले ५० लाख रुपैयाँ धरौटी राखेको छ ।

निर्मलाका हत्यारालाई हाइसञ्चो भएपनि अनुसन्धानमा संलग्न प्रहरीले भने तारेख धाइरहेका छन् । 

न्याय पाउने आशा मर्‍यो : परिवार

निर्मला पन्तको घर परिवारले न्यायको आशै गर्न छाडेका छन् । वर्षदिन बितिसक्दा पनि प्रहरीले वास्तविक हत्याराको खोजबिन गर्न असफल भएको भन्दै परिवारले न्याय पाउने आशै मारेका हुन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले घटना भएको वर्षदिन बितिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको बताए । ‘छोरीको हत्या भएको १ वर्ष पूरा भयो । अब छोरीको हत्यारा पत्ता लाग्दैन । न्याय पाउने आशै छैन,’ उनले भने ।

निर्मलाको न्यायिक आन्दोलनमा होमिँदा भीमदत्त नगरपालिका–१८ सालघारीका १३ वर्षीय शनि खुनाले ज्यान गुमाए । आन्दोलनमा भएका घाइतेको बेहाल छ । कतिपय घाइते अझै पनि अस्पतालमै छन् भने कतिपय घरमै औषधि खाइरहेका छन् ।

आन्दोलनमा होमिएका बेला भदौ ७ गते प्रहरीले चलाएको गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारका २० वर्षीय अर्जुन भण्डारा अझै पनि अस्पतालमै छन् । अर्जुनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टा काटिएको छ । उनको अझै स्वास्थ्य अवस्था सुधार भएको छैन । अर्जुनकी आमा शिवकला भण्डाराले उपचारमै वर्षदिन बितिसक्दा पनि अवस्था सुुधार नभएको बताइन् ।

भीमदत्त–२ भाँसीका १७ वर्षीय उमेश देउवा र भीमदत्त–१८ जानकी टोलका १५ वर्षीय चेतन भट्ट विद्यार्थी हुन् । देउवा घटाल मावि ९ कक्षा र भट्ट भृकुटी मावि ८ कक्षामा अध्ययनरत छन् । घाइते भएपछि दुवैको पढाइ प्रभावित भएको छ । घाइते भएदेखि दुवै जना विद्यालय जाँदैनन् ।

नगरपालिकाले दियो २ जनालाई रोजगारी 

निर्मलाको न्यायिक आन्दोलनमा ज्यान गुमाएका भीमदत्त नगरपालिका–१८ सालघारीका १३ वर्षीय शनि खुनाकी आमा र निर्मलाकी आमा दुर्गादेवी पन्तलाई भीमदत्त नगरपालिकाले रोजगारी दिएको छ । शनिकी आमा मञ्जुलाई नगरपालिकाले कार्यालय सहयोगीका रुपमा रोजगार दिएको छ भने निर्मलाकी आमा दूर्गालाई पनि कार्यालय सहयोगी स्तरकै रोजगारी दिएको छ ।

सरकारले शनिलाई शहीद घोषणा गर्दै उनको परिवार र निर्मलाको परिवारलाई स्थानीय, प्रदेश र संघीय सरकारले १८/१८ लाख रुपैयाँ राहत दिएको छ ।

निर्मलाको न्यायिक आन्दोलनमा होमिएका अधिकारकर्मीले सरकारकै लापरवाहीका कारण निर्मलाका वास्तविक हत्यारा सार्वजनिक हुन नसकेको बताएका छन् । अधिकारकर्मी एवं नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले सरकारले हत्यारा लुकाएका कारण वास्तविक हत्यारा सार्वजनिक नभएको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x