×

NMB BANK
NIC ASIA

संघीयतामा उल्टो यात्रा : गृह मन्त्रालयबाट रोकियो इलाका प्रशासनको काम

साउन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर – लक्षित जाति, समुदायलाई सिफारिसपत्र दिन रोकेको ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र दिन समेत छोडेको छ ।

Muktinath Bank

अधिकार प्रत्यायोजन भई नआएकाले सिफारिसपत्र दिन नसकेको बताउँदै आएको कार्यालयले असार २२ गतेयता नागरिकता दिन समेत रोकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयले आदिवासी जनजाति, दलित, महिला, अपाङ्ग, मुस्लिम, मधेशी सामुदायलाई पहिलैदेखि सिफारिस पत्र दिनबाट रोकेको थियो । हालै आएर नागरिकता समेत दिन छोडेपछि जिल्लाका आधा भूभागका जनता जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर धाएर सेवा लिन बाध्य भएका हुन् ।


Advertisment
Nabil box
Kumari

सरकारले जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध सेवा सुविधालाई थप सहज र सर्वसुलभ बनाउन ईलाका प्रशासन प्रशासन कार्यालय स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा प्रवाहलाई सर्वसुलभ बनाउन ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीबाट सेवा प्रवाह शुरू गर्‍यो तर ईलाका प्रशासन कार्यालयले अधुरो सेवा दिन थालेपछि जिल्लाका आधा भूभागका नागरिक सास्ती पाउन बाध्य भएका हुन् ।

Vianet communication
Laxmi Bank

कञ्चनपुरको बेलौरी नगरपालिका–६ की सीमा चौधरीले गत वैशाख अन्तिम साता ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिइन् । लगत्तै उनी आफू आदिवासी जनजाति भएको प्रमाणित सिफारिसपत्रको लागि निवेदन चढाइन् तर सो ईप्रकाले प्रमाणित गर्न इन्कार गर्‍यो । उनी घर फर्किन् ।

लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेकी सीमाले आयोगको समावेशी कोटा अन्तर्गत पनि नाम दर्ता गर्न चाहेकी रहिछन् । जसको लागि जनजाति भएको प्रमाणित सिफारिसपत्र अनिवार्य गरिएको छ । अन्ततः करीब ९० किलोमिटरको दूरी तय गरी उनी जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर आदिवासी जनजाति प्रमाणित पत्र लिन बाध्य भइन् । जबकी उनको घर र ईप्रकाको दूरी करीब १० किलोमिटर छ ।

सीमाले भनिन्, ‘के गरौं हजुर ? लोक सेवा आयोगको समावेशी कोटा अन्तर्गत फारमको लागि जनजाति प्रमाणित सिफारिस पत्र त लिनैपर्‍यो । दिनभर लगाएर । गाडी भाडा तिरेर भएपनि महेन्द्रनगर पुगे । राज्यले नामको मात्रै सेवा दिने प्रवृत्तिले फोकटमै दुःख पाइयो ।’

बेलौरी नगरपालिका–६ का निर्मल चौधरीले ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिस दिन छोडेपछि महेन्द्रनगर पुग्न बाध्य भएको बताए । नेपाली नागरिकता प्रमाणपत्र बढी महत्त्वपूर्ण हो कि सिफारिस पत्र भन्दै निर्मलले आक्रोश पोखे, ‘नागरिता दिन सक्नेलाई सिफारिस दिन कुन चाहिँ कानूनले रोक्यो ? यो सरासर पछाडि परेका जनतालाई थप दुुःख दिने नियतबाहेक केही होइन ।’ 

ईलाका प्रशासन कार्यालयका नायव सुुब्बा धनबहादुर चन्दले कर्मचारी समायोजन पूर्व आफूलाई ईलाका प्रशासन कार्यालयको कामुको अख्तियारी दिएकाले सिफारिस पत्र नदिएपनि नागरिकता जारी गर्दै आएको बताए तर कर्मचारी समायोजन अन्तर्गतको असार २२ गतेको परिपत्र अनुसार आफूलाई नासुमै मात्रै कायम गरेपछि सेवा प्रभावित भएको चन्दले बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुुशिलकुमार वैद्यले ईलाका प्रशासन कार्यालयका नायब सुब्बालाई गृह मन्त्रालयले कार्यालय प्रमुखको अख्तियारी नदिँदा समस्या आएको बताए । आफूले ईलाका प्रशासन कार्यालयका नायब सुब्बालाई कार्यालय प्रमुखको जिम्मेवारी दिन भनी मन्त्रालयलाई सिफारिस गरेको बताउँदै प्रजिअ बैद्यले केही समयमा समस्या समाधान हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x