×

NMB BANK
NIC ASIA

तरकारी चेकजाँच

सरकारी निर्णयलाई सर्वाेच्चले रोकेपछि भारतीय तरकारीमा विषादी परीक्षण, कसरी भयो सम्भव ?

साउन १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – भारतीय दूतावासको पत्रपछि तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको सरकारले सर्वाेच्च अदालतको आदेशपछि परीक्षणलाई पुनः निरन्तरता दिएको छ ।

Muktinath Bank

सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आवश्यक व्यवस्था गरेर आयातित तरकारी तथा फलफूलको विषादी परीक्षणलाई निरन्तरता दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार सरकारले बुटवल र नेपालगञ्जमा कर्मचारी थप गरेको र कैलालीको अत्तरियामा बिग्रिएको मेसिन बनाएर तरकारी तथा फलफूलको परीक्षणलाई निरन्तरता दिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रयोगशालाका प्रवक्ता राजीवदास राजभण्डारीका अनुसार बुटवल र नेपालगञ्जमा आवश्यक जनशक्तिको व्यवस्था गरिएको छ । कैलालीको अत्तरियामा बिग्रेको मेसिन बनाए पुनः सञ्चालनमा ल्याइएको उनले बताए ।

Vianet communication
Laxmi Bank

प्रयोगशालाले दिएको जानकारीलाई थप बल दिँदै बुटवल, नेपालगञ्ज र अत्तरियाका विषादी अवशेष द्रूत विश्लेषण इकाईले पनि क्रमशः कर्मचारी थप गरिएको र बिग्रेको मेसिन बनाइएको जनाएका छन् । विषादी अवशेष द्रूत विश्लेषण इकाई बुटवलका प्रमुख रामबहादुर खत्रीले असार २६ गतेदेखि तरकारी तथा फलफूलमा विषादी परीक्षणको काम निरन्तर भइरहेको बताए ।

भैरहवा नाकाबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षणका लागि सरकारले आवश्यक जनशक्ति थपेसँगै विषादी परीक्षणको काम निरन्तर भइरहेको इकाई प्रमुख खत्रीले बताए । ‘असार २६ गतेदेखि तरकारी तथा फलफूलमा विषादी परीक्षण नियमित छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसअघि कर्मचारी समायोजनका कारण बन्द थियो । २६ गतेपछि चाहिँ शनिवारबाहेक नियमित परीक्षण भइरहेको छ ।’ पछिल्लो समय आफूसहित ३ जना जनशक्ति थपिएको र निरन्तर तरकारी परीक्षण भइरहेको उनले बताए ।

विषादी अवशेष द्रूत विश्लेषण इकाई बुटवलका अनुसार असार २६ गतेयता सोमवारसम्म तरकारी तथा फलफूलका ९ सय वटा नमूना परीक्षण भइसकेका छन् । ९ सय वटा नमूनामध्ये ३ वटा नमूनामा विषादीको मात्रा ३७ पीपीएम देखि ४० पीपीएमसम्म पाइएको थियो । विषादी बढी भेटिएको नमूना आलुको रहेको र ३ दिन राखेर पुनः परीक्षण गर्दा विषादीको मात्रा ३५ पीपीएमभन्दा कम भइसकेको बुटवल इकाई प्रमुख खत्रीले बताए । 

‘३५ पीपीएमभन्दा कम विषादी खान मिल्छ,’ उनले भने । उनका अनुसार बुटवल ल्याबमा भन्सार कार्यालयबाट आलु, प्याज, स्याउ, आँप, केरा लगायत विभिन्न तरकारीका नमूना परीक्षणका लागि आइरहेका छन् । 
विषादी अवशेष द्रूत विश्लेषण इकाई नेपालगन्जले पनि कर्मचारी थप गरेको जनाएको छ । नेपालगञ्ज विषादी अवशेष द्रूत विश्लेषण इकाई प्रमुख सकिल अहमतले नेपालगञ्जमा पनि २ जना थप कर्मचारी थप गर्न लागिएको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ जना कर्मचारी थप गर्नका लागि केन्द्रीय प्रयोगशालालाई पत्राचार गरेको छ । पत्रलाई आधार मान्दै उनले २ जना कर्मचारी चाँडै थप हुन लागेको बताए ।

‘अहिले नेपालगञ्जमा २ जना मात्रै स्टाफ छौं । अरु २ जना पनि आउन लागेका छन्,’ उनले भने, ‘मन्त्रालयले २ जनालाई खटाउनको लागि केन्द्रीय प्रयोगशालामा पत्र पठाएको मैले देखेको थिए ।’ सोमवार मात्रै पनि कृषि मन्त्रालयबाट फोन गरेर पत्रबारे बुझेको र कर्मचारी चाँडै हाजिर हुनेमा आफू ढुक्क रहेको उनले बताए ।

विषादी अवशेष द्रूत विश्लेषण इकाई नेपालगञ्जमा दैनिक ३० देखि ३५ नमूना भन्सार कार्यालयबाट आइरहेका छन् । ‘कहिले ४०/५० वटा नमूना पनि पुग्छ,’ उनले भने, ‘पछिल्लो २/३ दिन हेर्दा औसतमा ३० देखि ३५ नमूना आइराखेका छन् र परीक्षण गरिराखेका छौं ।’

आलु, प्याज, स्याउ, आँप, केरा, भिण्डी, करेला लगायतका नमूना आइरहेका र परीक्षण भइरहेको उनले बताए । ‘फ्याट्टफुट्ट अन्य तरकारीहरू आइरहेका छन् । आलु प्याज नै बढी छ,’ उनले भने, ‘हालसम्म परीक्षण गरेकामध्ये कुनै पनि नमूना खान नमिल्ने पाइएको छैन ।’

विषादी अवशेष द्रूत विश्लेषण इकाई अत्तरिया प्रमुख जितबहादुर थापाले यसबीचमा मेसिन बिग्रेकोमा पछिल्लो समय मेसिन बनाएर विषादी परीक्षणलाई निरन्तरता दिइएको बताए । उनका अनुसार असार १६ गते अत्तरिया प्रयोगशालामा भएको मेसिन बिग्रेको थियो । त्यसपछि काठमाडौं आएर मेसिन बनाएर फिर्ता गएपछि पुनः परीक्षण शुरू गरिएको थापाले जानकारी दिए ।

‘असार १६ गते मेसिन बिग्रेको थियो अनि काठमाडौं पठाएका थियौं । ३ गते काठमाडौंबाट लिएर आएँ,’ उनले भने, ‘अहिले निरन्तर परीक्षण चलिरहेको छ । १६ गतेभन्दा अघि पनि हामी काम गरिरहेका थियौं ।’ 

दैनिक औसतमा १० देखि १२ नमूना गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र धनगढी भन्सारबाट अत्तरिया आइरहेको छ । आइतवार १८ वटा नमुना परिक्षण गरेको र सोमवार ८ वटा नमूना परीक्षण गरिएको विषादी अवशेष द्रूत विश्लेषण इकाई अत्तरियाले जनाएको छ । अत्तरियामा आउने नमूना आलु, प्याज, आँप, अनार, स्याउ, टमाटर, चिचिण्डा, घिरौला, फर्सी लगायतका भएपनि हालसम्म प्रतिकुल नपाइएको अत्तरिया इकाईले जनाएको छ ।

काठमाडौंमा विषादी परीक्षण घट्यो

गत असार २ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण नगरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । त्यसपछि सबैभन्दा बढी भैरहवा भन्सार कार्यालयबाट तरकारी तथा फलफूलका नमूना काठमाडौंको विषादी अवशेष द्रूत विश्लेषण इकाई कालिमाटीमा परीक्षणका लागि आइरहेका थिए तर बुटवलको विषादी अवशेष द्रूत विश्लेषण इकाईमा कर्मचारी थपिएसँगै कालिमाटीमा विषादीको परीक्षण कम भएको विषादी अवशेष द्रूत विश्लेषण इकाई कालिमाटी प्रमुख जागेश्वर शर्माले बताए । 

केन्द्रीय प्रयोगशालाले हाल कालिमाटी भित्रैबाट नमूना ल्याएर परीक्षण भइरहेको बताए । ‘परीक्षण भइरहेको छ,’ शर्माले भने, ‘नाकाहरूबाट चाहिँ आइरहेको छैन । कहिलेकाहीँ एयरपोर्टबाट आइरहेको छ । त्यही परीक्षण भइरहेको छ ।’

कालिमाटीभित्रैबाट नमूना ल्याएर परीक्षण भइरहेको र एयरपोर्टबाट आएको समेत परीक्षण गर्दा प्रतिकूल नपाइएको शर्माले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कास्कीको पोखरा, झापाको बिर्तामोड र सर्लाहीमा समेत तरकारी तथा फलफूलमा विषादी परीक्षण भइरहेको जनाएको छ ।

यसअघि असार ३ गतेदेखि कार्यान्वयनमा आएको विषादी परीक्षणको निर्णयले भारतबाट निर्यात हुने तरकारीमा असर परेपछि भारतले विषादी परिक्षण नगर्न भन्दै नेपाललाई दबाब दिएको थियो । असार १४ गते काठमाडौंस्थित भारतीय दुतावासले नेपाल सरकारलाई पत्र पठाउँदै सरकारले असार १९ गते विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने पुरानै व्यवस्था यथावत् राख्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतमा रिट परेपछि असार २५ गते सर्वोच्च अदालतले विषादी परीक्षण गरेर मात्रै आयात गर्न आदेश दिएपछि पछिल्लो समय सबै नाकाबाट परीक्षण भएर मात्रै आयात भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x