×

NMB BANK
NIC ASIA

राई जातिको मृत्यु संस्कार : चुल्होमा बस्छन् आत्माहरू

साउन १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ -जातीय विविधताले धनी रहेको नेपालमा हरेक जातिका जन्मदेखि मृत्युसम्म आ-आफ्नै प्रकारका संस्कार छन् । एक जातिसँग अर्को जाति मिलेर बस्नु नेपालीको विशेषता भएपनि एक जातिको संस्कारका बारेमा अर्को जाति बेखबर रहेको पाइन्छ ।

Sagarmatha Cement
Muktinath Bank

राई जातिका बारेमा विभिन्न अध्ययन र अनुसन्धान गरेका लेखक चन्द्रकुमार हतुवालीले मृत्यु संस्कारका बारेमा धेरैलाई थाहा नभएको तथ्य खुलासा गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको 'अमूर्त संस्कृति' भन्ने पुस्तकमा हतुवालीले राई जातिमा मृत्यु संस्कार उमेर, मृत्युअवस्था र महिलाको हकमा महिनावारी पूर्णतः बन्द हुनु र नहुनुले पनि असर पार्ने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राई जातिको मुन्दुमी विधान अनुसार मृत्युपछि मान्छेको आत्मा दुई प्रकारको बन्छ । तीमध्ये एउटा आत्मा चुल्होको छेउमा बस्छ भने अर्को आत्मा चुल्होबाहेक अन्य ठाउँमा बस्ने गर्छ । राई जातिको चुल्हो वा खाना पकाइ खाने ठाउँलाई पितृ बस्ने ठाउँको रुपमा पनि लिइन्छ । सहज ढंगले मरेका मृतकका आत्माहरुलाई पितृ भन्ने गरिन्छ, यस्ता आत्मालाई आत्मालाई धामिको सहयोगमा चुल्होमा बसाउने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

राई जातिमा मानिस मरिसकेपछि आत्मालाई आफ्नो ठाउँमा पुर्‍याएर राख्नुपर्छ भन्ने मान्यता छ । अन्यथा आत्माहरूले दुख दिन्छन् भन्ने विश्वास राई जातिले राख्ने गर्छन् । राई जातिको विधान पुस्तक मुन्दुमले मृत्यु हुँदाको अवस्थाको आधारमा कुन आत्मा कहाँ बस्ने भन्ने निश्चित गरेको छ ।

Vianet communication
Laxmi Bank

छेवर र गुन्यु संस्कार गरेको वा दाँत साटिएको, बिहे नगरी मृत्यु भएको, महिनावारी शुरु नहुँदै मरेकाको आत्मालाई वान्तवा भाषामा तोङ्गोरुम भनिन्छ, । यस्ता प्रकारका आत्माहरू चुल्होको छेउमा बस्छन् । तर चुल्होको पूजा गर्दा छेउमा बस्ने आत्मालाई पनि सँगै भाग दिइन्छ । चुल्होको छेउमा बस्ने आमालाई पितृको सहयोगी आत्माको रूपमा लिने चलन रहिआएको छ ।

चुल्हो र चुल्होको छेउमा बस्नेबाहेक बाहिर बस्ने आत्माहरू पनि हुन्छन भन्ने मान्यता राई जातिको विधि विधान पुस्तक मुन्दुममा उल्लेख गरिएको छ । साना बच्चाहरू, हल्लावा र मामाङका आत्माहरु बाहिर बस्छन् भन्ने कुरा मुन्दुममा बताइएको छ । मुन्दुम अनुसार बच्चाहरूको आत्मा (छाछामाङ) लाई पवित्र आत्मा मानिंदैन । यी आत्मालाई बस्ने ठाउँलाई बुङ्लाखा भनिन्छ । बुङ्लाखा फुलैफुलले भरिएको हुने र फुलको रस चुस्दै यी आत्माहरु बस्छन् भन्ने मान्यता रहिआएको छ । छाछामाङ आत्मा भड्किएमा बच्चाहरुलाई दुख दिने गर्छन भन्ने मान्यता छ ।

दुर्घटनामा परेर मृत्यु भएको मानिसको आत्मा र महिलाको महिनावारी बन्द नहुँदै वा बच्चा जन्माउँदै गर्दा मृत्यु भएमा ति मृतकको आत्मालाई पिचास भनिन्छ । दुर्घटनामा परेर मरेकाको आत्मालाई हल्लावा र महिनावारी बन्द नहुँदै वा बच्चा जन्माउँदै गर्दा मरेकाको आत्मालाई मामाङ भनिने र यी आत्माहरुलाई छिटोभन्दा छिटो धामीको प्रयोग गरी आफ्नै बासस्थानमा पुर्‍याउनुपर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x