माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
साउन १५, २०७६
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा तत्काल १४ औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने दबाब सभापति शेरबहादुर देउवामाथि परेको छ ।
महाधिवेशनको मिति घोषणाका साथसाथै पार्टीलाई संघीय संरचनामा लैजान तत्काल पहल गर्नुपर्ने भन्दै अधिकांश केन्द्रीय समिति सदस्यले देउवामाथि दबाब बढाउँदै लागेका हुन् ।
देउवामाथि आफ्नै पक्षका नेता समेतले पार्टीको विधान अनुसार नै संक्रमणकालीन व्यवस्थामा जानुपर्ने दबाब बढाएका छन् । गत असार २२ गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका निर्माणसँगै १४ वटा एजेण्डा प्रस्तुत गरेका थिए ।
आधा दर्जनभन्दा बढी बसेको केन्द्रीय समितिको बैठक संरचना निर्माण र महाधिवेशनको कार्यतालिका वरिपरी घुमिरहेको छ ।
मंगलवार साँझ अबेरसम्म बसेको बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले ‘अर्ली’ (अगाडि) नभइ ‘टाइम्ली’ (समयमै) महाधिवेशनको माग गरेको बताए । कार्यतालिका निर्माण गरेर अघि नबढ्ने हो भने अर्को फागुनसम्म पनि महाधिवेशन गर्न नसकिने पौडेलको जिकिर थियो ।
‘महाधिवेशन समयमा भएन भने पार्टी कमजोर हुन्छ,’ पौडेललाई उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय समिति सदस्यले भने, ‘समयमा महाधिवेशन गर्नका लागि कार्यतालिका निर्माण हुनुपर्यो नि !’
बैठकमा पौडेलले विधानमा उल्लेखित अन्तरिम व्यवस्थाका सन्दर्भमा तत्काल पदाधिकारीबीच सहमति जुटाउनुपर्ने पौडेलले बताए । संक्रमणकालीन व्यवस्था र १४ औं महाधिवेशनका लागि तत्काल कार्यतालिका बनाउन पौडेलले देउवालाई दबाब दिएका थिए । दुवै विषयमा कार्यतालिका आइसकेपछि छलफल सहज ढंगले निष्कर्षमा पुग्ने पौडेलको दाबी थियो ।
महामन्त्री पूर्णबहादुर खड्काले विधानले कुनै पनि विषयमा छलफल गर्न नरोक्ने बताउँदै केन्द्रीय समितिमा सहमति जुटाएर अघि बढ्न सकिने बताएका थिए । आवश्यक परे विधानका धारा निलम्बन गरेर बाधा अड्काउ फुकाउन पनि सकिने खड्काको धारणा थियो ।
बैठकमा बोल्दै उपसभापति विजयकुमार गच्छदारले पार्टी एक हुँदाताका गरिएको सहमति पालना हुनुपर्ने माग गरेका थिए । ‘महासमिति सदस्यहरू त मैले पाएँ तर केन्द्रीय समिति सदस्य पनि पाएको छैन, महाधिवेशन प्रतिनिधिहरू पनि पाएको छैन,’ गच्छदारले भने, ‘यसरी त अब हुने स्थानीय, क्षेत्रीय र प्रादेशिक अधिवेशनमा सहभागी हुन पनि गाह्रो हुन्छ । यो समस्यालाई तत्काल सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।’
बैठक बस्ने, निष्कर्षमा नपुग्ने
पटक–पटक बसेको बैठक निष्कर्षमा नपुगेपछि नेपाली कांग्रेसभित्र महाधिवेशन लगायतका विविध विवाद झन् अन्योलमा फसेका छन् । बैठकमा प्रत्येक एजेन्डामा सबै केन्द्रीय समिति सदस्यले बोल्नुपर्ने भएकाले बैठकले निष्कर्ष निकाल्न समय लाग्ने केन्द्रीय समिति सदस्य रामकृष्ण यादवले बताए ।
‘महाधिवेशन र संक्रमणकालीन व्यवस्थाबारे सबै सदस्यहरू बोलेर सकिएको छैन,’ यादवले भने, ‘बैठकमा अन्य एजेण्डा पनि भएकाले समय लाग्ने देखियो । यसले पार्टीका कामहरूलाई अवरुद्ध पनि पार्छ र दोस्रो चरणको जागरण अभियानमा जाने तयारीलाई पनि अवरुद्ध पारेको छ ।’ बैठकलाई छोट्याउने विषयमा पनि छलफल भइरहेको यादवले बताए ।
असार २२ गते शुरू भएको बैठकमा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औं महाधिवेशनको कार्यतालिका तोक्ने प्रक्रिया अघि बढाउने, विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण गर्ने, २०७६ बैशाख २५ देखि जेठ २५ गतेसम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने लगायतका कामहरू अझै बाँकी नै छन् । हालसम्मको बैठक शुरूका दुईवटा एजेण्डामा मात्र केन्द्रित देखिन्छ ।
केन्द्रीय अनुशासन समितिले गरेको कार्यप्रगतिबारे पनि बैठकमा समीक्षा हुने कार्यक्रम रहेको छ । कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामको प्रगति, भातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भातृ संघबारे बैठकमा छलफल हुनुपर्नेछ ।
कार्यतालिका ल्याउने या नल्याउने भन्नेमै विवाद
केन्द्रीय समिति सदस्य तथा कांग्रेस सांसद डीला संग्रौलाले बैठकमा महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने विषयमा अड्केको बताइन् । लोकान्तरसँग कुरा गर्दै संग्रौलाले भनिन्, ‘यही फागुनसम्म १४ औं महाधिवेशन नहुने त पक्कापक्की भइसक्यो । त्यतिबेलासम्म संक्रमणकालीन व्यवस्था गर्न सकियो भने अर्को वर्ष त महाधिवेशन पक्कै हुन्छ नि !’
सभापति देउवा कार्यतालिका ल्याएर त्यसअनुसार अघि बढ्न तयार देखिएका छैनन् । कार्यतालिका ल्याउँदा आफूलाई थप दबाब पर्ने देउवाको बुझाइ छ । ‘विधानले व्यवस्था गरेको संक्रमणकालीन संरचना तयार गरेपछि महाधिवेशनको तयारी आफसेआफ शुरू हुने सभापतिज्यूको निष्कर्ष छ,’ संग्रौलाले भनिन्, ‘विवाद ठूलो छैन, सहमतिमै अगाडि बढ्न सकिन्छ ।’
केन्द्रीय समितिसँगै कोठे बैठक पनि
केन्द्रीय समिति बैठकले संघीय संरचनाका र १४ औं महाधिवेशन कार्यतालिका विवादलाई सल्ट्याउन नसकेपछि संस्थापनइतर पक्ष छुट्टै बैठक बसेको छ । नेता प्रकाशमान सिंहको निवासमा मंगलवार बिहान बसेको बैठकले संरचनाबारे छलफल गरेको थियो ।
छलफलमा संस्थापन पक्षलाई विधि र प्रक्रियाबाटै संरचनाको संक्रमणकालीन गठन र महाधिवेशनको मिति तोकिएकै कार्यतालिका तत्काल ल्याउन सभापति देउवालाई दबाब दिने मोटामोटी निर्णय भएको थियो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल लगायत सहभागी थिए ।
मंगलवार बिहान मात्र नभई संस्थापनइतर पक्षको छुट्टै बैठक पटक–पटक बस्ने गरेको छ । बैठकमा संस्थापन पक्षलाई दबाब दिएर कसरी साइजमा ल्याउने भन्ने मात्र छलफल हुने गरेको आरोप देउवानिकट एक नेताले लगाए ।
‘उहाँहरू पटक–पटक कोठे बैठक बस्नुहुन्छ अरे,’ उनले भने, ‘बैठकमा पार्टीलाई कसरी सुदृढ बनाउने विषयमा छलफल नहुने तर सभापतिज्यूलाई कसरी कमजोर बनाउने भन्ने विषयमा मात्र छलफल गर्ने गरेको मैले सूचना पाएको छु । यसरी हुँदैन । पार्टी कमजोर बनाएर नेता बलियो बनाउने ?’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...