×

NMB BANK
NIC ASIA

घरदैलो सेवाबाट ४ हजारलाई नागरिकता

साउन २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने ४ हजार ३ सय ७३ व्यक्तिलाई उनीहरूको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ ।

Muktinath Bank

कार्यालयको घरदैलो सेवाअन्तर्गत १ वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत् महिला, किशोरकिशोरी, वृद्धवृद्धा अशक्त, आर्थिकरूपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । शिविरमा २ हजार ७२१ महिला र १ हजार ६५२ पुरुषले नागरिकता लिएका हुन् । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा १६ हजार ६५९ नयाँ नागरिकता वितरण गरेको तथ्यांक छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयले १ वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ लाई नयाँ नागरिकता वितरण गरेको हो । वंशजका आधारमा नागरिकता प्राप्त गर्नेमा पुरुष ७ हजार १९ र महिला ९ हजार ५९४ छन् ।

यसैगरी वैवाहिक अंगीकृत नागरिकता १६ ले प्राप्त गरेका छन् भने ३० जनाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

मकवानपुरमा गत वर्ष ७ हजार ६८६ प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवाप्रवाहलाई जनताको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले जनाए ।

जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति, सुरक्षा र अमनचैनको व्यवस्था पूर्णरूपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताए । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले जानकारी दिए ।

मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको नियमितरूपमा निरीक्षण गरिएको उनको भनाइ छ ।

गुण्डागर्दी, संगठित अपराध, जबर्जस्ती असुली, महिला हिंसा लगायतका अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको प्रजिअ तामाङको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x