×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग - ३८

ल्यापटप, मोबाइलदेखि ब्रिफकेससम्म सरकारी, सरुवा भएर जानेले समेत गर्दैनन् फिर्ता !

मुख्यमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मलाई सरकारी सामान

साउन २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– प्रदेश नम्बर २ मा मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीदेखि कर्मचारीसम्मले गाडी मात्र होइन ल्यापटप, मोबाइल र ब्रिफकेससम्म सरकारी नै प्रयोग गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारी मोबाइलको प्रयोग मुख्यमन्त्रीका स्वकीय सचिवले समेत गरिरहेका छन् । यति मात्र होइन केही कर्मचारीले त सरुवा भएर अन्यत्र जाँदा समेत मोबाइल फिर्ता गरेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री लालबाबु राउतले दुईवटा सरकारी मोबाइल प्रयोग गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

२०७४ चैत्र १९ गते जियोनी र सामसुङको दुईवटा मोबाइल किनेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री राउतलाई प्रयोग गर्न दिएको छ । 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक कुमार यादवलाई पनि २०७५ वैशाख ७ गते सामसुङको जे सेभेन प्राइम मोबाइल किनेर प्रयोग गर्न दिइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जिन्सी फाँट प्रमुख रामस्वार्थ महतोले भने, ‘उहाँहरूलाई किनेर दिएको सामानको लगत अभिलेखमा त छ, तर मूल्य भने लेखिएको छैन ।’

कति मूल्यमा मोबाइल खरिद गरिएको हो भन्ने रेकर्ड समेत नहुनु झनै आश्चर्यको कुरा हो । ती मोबाइल ३० देखि ३५ हजारको हाराहारीमा खरिद गरिएको उनले बताए ।

मुख्यमन्त्री कार्यालयमा कानून सचिवको रूपमा कार्यरत रहँदा पुष्कर सापकोटालाई २०७५ असोज १८ गते मोबाइल किनेर दिइएको थियो । कार्यालयले सामसुङकै प्राइम मोबाइल उपलब्ध गराएको थियो । 

गत माघमा संघीय सरकारअन्तर्गत गृह मन्त्रालयमा सरुवा भएपछि पनि उनले मोबाइल फिर्ता गरेका छैनन् । उक्त मोबाइल उनैले लिएर गएका छन् ।

मुख्यमन्त्री कार्यालय भने यससम्बन्धमा अनविज्ञता प्रकट गर्छ ।

‘उहाँले त्यसो त नगर्नु पर्ने हो, मोबाइल फिर्ता गरेर जानु पर्ने हो, के भएको छ बुझ्नै पर्ने हुन्छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उप–सचिव सुशील श्रेष्ठले लोकान्तरसँग भने ।

मुख्यमन्त्रीदेखि विभिन्न कर्मचारीलाई ल्यापटप 

मुख्यमन्त्री लालबाबु राउतलाई २०७४ फागुन ४ गते डेल कम्पनीको आई सेभेन ल्यापटप उपलब्ध गराइएको छ ।

प्रमुख सचिव दीपक सुवेदी, कानुन सचिव कोमल खत्री, उप–सचिव रूपेश कुमार साह, अधिकृत रामप्रसाद महतो, सूचना प्रविधि अधिकृत धनञ्जयकुमार सिंह, करारमा भर्ना गरिएकी नायब सुब्बा तहकी कर्मचारी प्रियंका यादवलाई डेल तथा लेनेभो कम्पनीको आई फाइभ मोडेलको ल्यापटप किनेर दिइएको छ ।

ती कर्मचारीहरूको कार्यकक्षमा डेस्कटप कम्प्युटर हुँदाहुँदै पनि महंगो ल्यापटप किनेर दिइएको छ ।

कर्मचारी नै नरहेका व्यक्तिलाई पनि ल्यापटप

आफ्नो कार्यालयमा कर्मचारी नै नरहेका व्यक्तिलाई पनि मुख्यमन्त्री कार्यालयबाट ल्यापटप किनेर वितरण गरेको पाइएको छ । स्वच्छता अभियानको समन्वयकर्ताको रूपमा रहेका व्यक्ति सलाउद्दीन अहमदलाई पनि २०७५ माघ २७ गते एचपी कम्पनीको ल्यापटप किनेर दिइएको छ । अहमद मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि होइनन् । 

‘मुख्यमन्त्रीको नाममा रहेको गौरवपूर्ण अभियान मुख्यमन्त्री स्वच्छता अभियानको समन्वयकर्ताको रूपमा उहाँ रहेकाले ल्यापटप दिइएको हो,’ मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव सुवेदीले लोकान्तरसँग भने, ‘स्वच्छता अभियान ८ वटै जिल्लामा लागू हुने भएकाले समन्वय गर्ने कामका लागि स्वच्छता अभियानी भनेर ल्यापटप दिइएको हो ।’

त्यसैगरी स्वच्छता अभियानको अभियन्ता भन्दै एकजना इञ्जिनीयर देवकीप्रसाद चौरसियालाई पनि २०७५ भदौ १ गते लेनेभो कम्पनीको ल्यापटप उपलब्ध गराइएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम हेर्ने उप–सचिव सुशील श्रेष्ठका अनुसार उक्त गौरवपूर्ण अभियान अन्तर्गत विभिन्न सौन्दर्यीकरण कामहरूको अनुगमन गर्नका लागि चौरसियालाई २०७६ सालको असार मसान्तसम्म शाखा अधिकृतको सेवा सुविधा दिने गरी करारमा भर्ना गरिएको थियो । कार्यकाल सकिए पनि उनले समेत हालसम्म ल्यापटप भने फिर्ता गरेका छैनन् ।

‘उहाँको करार सम्झौता गत आर्थिक वर्षको असार मसान्तसम्म नै थियो,’ उप–सचिव श्रेष्ठले भने, ‘अब उहाँको करार सम्झौता हालसम्म नवीकरण गरिएको छैन, मुख्यमन्त्रीज्यूको आदेशानुसार हुनेछ ।’ 
करार सम्झौता नवीकरण नभए चौरसियाले लिएको ल्यापटप फिर्ता गर्नुपर्ने श्रेष्ठले बताए ।

सभामुख र उप–सभामुखलाई पनि  ल्यापटप र मोबाइल 

प्रदेशसभा सभामुख, उपसभामुख र सचिवलाई मोबाइल किनेर दिइएको छ । 

प्रदेश सभाको जिन्सी फाँट प्रमुख धर्मराज पौडेलका अनुसार सभामुख सरोज कुमार यादवलाई ३८ हजार रूपैयाँको, उप–सभामुख उपमा देवलाई ३२ हजार रूपैयाँको र सचिव रञ्जितकुमार यादवलाई ३० हजार रूपैयाँको मोबाइल किनेर दिइएको छ ।

त्यसैगरी प्रदेश सभा सचिवालयका सूचना अधिकारी अवधकिशोर प्रसाद कुशवाहालाई पनि ३० हजार रूपैयाँको मोबाइल किनेर दिइएको छ ।

प्रदेश सभाले ६ वटा ल्यापटप समेत किनेको छ । ८४ हजार रूपैयाँमा किनिएको डेल कम्पनीको ल्यापटप सभामुख यादवलाई दिइएको छ भने ६५ हजार रूपैयाँमा किनिएको डेल आई फाइभ ल्यापटप उप–सभामुख देवलाई दिइएको छ ।

१ लाख ६० हजार ४ सय ६० रूपैयाँमा किनिएको आई सेभेन ल्यापटप सूचना प्रविधि शाखामा दिइएको छ भने बाँकी तीनवटा ल्यापटप कार्यालय प्रयोजनका लागि राखिएको पौडेलले बताए ।

मन्त्री र राज्यमन्त्रीलाई पनि मोबाइल र ल्यापटप 

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई २८ हजार ५ सय रूपैयाँको रेडमिन मोबाइल, १ लाख १८ हजार ६ सय ५० रूपैयाँमा किनिएको डेल कम्पनीको आई सेभेन ल्यापटप मन्त्रालयले किनेर दिएको छ । त्यसैगरी मन्त्री सोनललाई मन्त्रालयले ७ हजार ४ सय ५० रूपैयाँमा एउटा ब्रिफकेस समेत किनेर प्रयोग गर्न दिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री डिम्पल झालाई २८ हजार ५ सय रूपैयाँको रेडमिन मोबाइल किनेर दिइएको छ ।

त्यसैगरी उक्त मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेलाई मन्त्रालयले २८ हजार ५ सय रूपैयाँको सामसुङ कम्पनीको मोबाइल, ७५ हजार ९ सय ९२ रूपैयाँको डेल कम्पनीको ल्यापटप र ५ हजार रूपैयाँको लेदर फाइल ब्याग किनेर दिइएको जिन्सी फाँट प्रमुख अनिता राउतले बताइन् ।

मन्त्रीले भन्दा महंगो सरकारी मोबाइल बोक्छन् सचिव ! 

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई भन्दा पनि महंगो मोबाइल मन्त्रालयका सचिवका लागि किनिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका जिन्सी फाँट प्रमुख सुबोध रायका अनुसार मन्त्री यादवले प्रयोग गर्ने हनर कम्पनीको मोबाइल ४० हजार १ सय १५ रूपैयाँमा किनिएको हो भने सचिवले प्रयोग गर्ने भिभो कम्पनीको मोबाइल ५० हजार २ सय ८५ रूपैयाँमा किनिएको हो ।

अहिले मन्त्रालयमा सचिव सरुवा भएर गइसकेपछि पद रिक्त रहेका कारण उक्त मोबाइल कसले प्रयोग गरिरहेको भन्नेमा जिन्सी फाँट प्रमुख राय नै बेखबर छन् ।

त्यसैगरी उक्त मन्त्रालयका राज्यमन्त्री सरोज सिंह कुशवाहाले ३१ हजार ७ सय १० रूपैयाँमा किनिएको मोबाइल प्रयोग गरिरहेका छन् । सह–सचिव अरुण कुमार झाले ३९ हजार ५ सय ५० रूपैयाँको माइक्रो म्याक्स कम्पनीको मोबाइल र लेखा अधिकृत निरेन्द्रलाल कर्णले १८ हजार ६ सय ४५ रूपैयाँको सामसुङ मोबाइल प्रयोग गरिरहेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले २४ हजार ५ सय रूपैयाँमा किनिएको एमआई कम्पनीको मोबाइल प्रयोग गरिरहेका छन् ।

राज्यमन्त्री सुरेश कुमार मण्डलले २२ हजार १ सय ९० रूपैयाँमा मन्त्रालयले खरिद गरेको गोल्डेन कलरको जे सेभेन कम्पनीको मोबाइल प्रयोग गरिहेका छन् ।

त्यसैगरी मन्त्रालयका सचिव नबराज काफ्लेले १६ हजार ५ सय रूपैयाँमा किनिएको सामसुङ कम्पनीको मोबाइल प्रयोग गरिरहेका छन् भने २ वटा मोबाइल कार्यालय प्रयोजनको लागि राखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x