×

NMB BANK
NIC ASIA

विपन्न र दलित महिलालाई खाद्य सामग्री वितरण

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी- जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । 

Muktinath Bank

उनले भने, “लक्षित वर्गका महिलाका लागि वडा कार्यालयले छुट्याएको रु दुई लाख रकममा २० महिलालाई हामीले दुईमहीने कम्प्युटर पढायौँ, त्यसबाट बचेको पैसाले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका हौँ ।” वडा कार्यालयले निःशुल्करूपमा खाद्य सामग्री उपलब्ध गरएपछि अहिले सो वडाका स्थानीयवासी तथा विपन्न परिवारहरु निकै खुशी भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान–बेलुकीको छाक टार्नसमेत धौधौ पर्ने विपन्न परिवारलाई खाद्य सामग्रीमा चामल मिलेपछि अहिले उनीहरुको चुल्होमा खाना पाक्न थालेको स्थानीय करन ऐरले बताए । उनले भने,“विपन्न परिवारलाई के खाने भन्ने चिन्ता थियो, वडा कार्यालयले खाद्य सामग्री दिएको छ, एक महीनासम्म गरीबका घरमा भात पाक्ने भयो ।” 


Advertisment
Nabil box
Kumari

त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–५ मा आर्थिकरूपमा विपन्न भएका दलित तथा अन्य विपन्न परिवारलाई समविकास केन्द्र (इडिसी) डोटीले उन्नत जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकामा रहेका आर्थिक अवस्थाले अति विपन्न भएका परिवारलाई जनही दुई बाख्रा वितरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

जिल्लामा कार्यरत समविकास केन्द्रले निःशुल्करूपमा उन्नत जातका बाख्रा वितरण गरेको हो । उक्त गाउँपालिकाले छनोट गरेको अतिविपन्न परिवारलाई रु ११ लाख ३७२ को १६० बाख्रा निःशुल्करूपमा वितरण गरिएको केन्द्रका अध्यक्ष अधिराज बिसीले जानकारी दिए । 

निःशुल्करूपमा उन्नत जातका बाख्रा पाएपछि स्थानीय विपन्न समुदायकका व्यक्ति निकै खुशी भएको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने,“गाउँपालिकामा भएका विपन्न परिवारलाई बाख्रालगायत अन्य पशु किन्नसमेत मुस्किल थियो, हाम्रो पहल र संस्थाको सहयोगमा बाख्रा पाएपछि खुशी भएका छन् ।” 

यसअघि जिल्लाका दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले आफनो क्षेत्रमा भएका विपन्न परिवार तथा एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरेको थियो । निःशुल्क बाख्रा पाएपछि सो क्षेत्रका स्थानीयवासी अहिले निकै खुशी हुनुका साथै व्यावसायिक रुपमा बाख्रापालनमा लागेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x