×

NMB BANK
NIC ASIA

सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छः मुख्यमन्त्री गुरुङ

साउन २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पतालको कर्मचारी आवास गृहको आज शिलान्यास गर्दै उहाँले प्रदेशअन्तर्गतका अस्पताललाई सुविधासम्पन्न बनाइने प्रतिबद्धता व्यक्त गरे ।

Muktinath Bank

सङ्घ सरकारले हस्तान्तरण गरेर प्रदेश मातहतमा रहेका ११ जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको बनाउने अभियानमा जुटेको बताउँदै उनले अस्पतालमा आवश्यक भौतिक संरचनासहित जनशक्ति र उपकरणको व्यवस्था गरिने उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजका असहाय एवं विपन्न जनतालाई आधारभूत शिक्षा, स्वास्थ्यको पहुँच पुर्‍याउन नसकेसम्म समृद्धि प्राप्त गर्न नसकिने बताउँदै मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालले चलान गरेका सबै रोगका बिरामीको उपचार गर्ने सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि  सङ्घ सरकारसँग माग गरिएको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

प्राकृतिक सुन्दरता एवं सांस्कृतिक सम्पन्न गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले सरकारले पर्यटन विकासका लागि २७४ घरबास र ११० वटा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार विकासको अभियानमा जुटेको बताए । सो अवसरमा मुख्यमन्त्री गुरुङले अस्पताल हातामा निमको बिरुवासमेत रोप्भोका थिए ।

Vianet communication
Laxmi Bank

अस्पतालका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनताको प्रत्यक्ष सहभागितामा सञ्चालित मातृशिशु मितेरी अस्पतालको स्थापनामा जाइकाको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै यसलाई बालबालिका तथा महिला अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए  ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले अस्पतालको विकासका लागि मन्त्रालयले आवश्यक उपकरण खरीद तथा भौतिक संरचना निर्माणका लागि रु आठ करोडभन्दा बढी रकम विनियोजन गरेको जानकारी गराए । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा प्रेमराज पंगेनीले अस्पतालको दिनप्रतिदिन महत्व बढ्दै गएको बताउँदै गत आव मात्र ५८८ जनाले अस्पतालमा सुरक्षित प्रसूति गराउन सफल भएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले सामाजिक विकास मन्त्रालयको रु तीन करोडको लागतमा पाँच तले कर्मचारी आवास गृह निर्माण गर्न लागेको जानकारी गराइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x