साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
सुरुङ्गा – कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत राखिएपछि झापामा पटक–पटक अवैध हतियार बरामद हुँदै आएको छ ।
खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ ।
नेपाल–भारतको सीमावर्ती नाका पानीट्यांकीमा पेस्तोल र त्यसमा लाग्ने ७ राउन्ड गोलीसहित १ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ । भारतको पानी ट्यांकी नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नम्बर बटालियन रानीडाँगाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई आइतवार साँझ विशेष सुराकीका आधारमा पानीट्यांकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो ।
सिटी सफारी चालक रहेका चौधरी मे१ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीले उनका साथबाट ७.६५ एमएमको ७ राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।
यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिबारी गाउँपालिका–५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । पछिल्लो समय झापामा शृंखलावद्ध बम विस्फोट हुनु र पूर्वी नाकामा हतियारसहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौती बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...