भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – कोलम्बियाको वायुसेनाका दुई सदस्यले देशको झण्डा बेरेर हवाई स्टन्ट देखाउँदै गर्दा हेलिकप्टरमा झुण्ड्याइएको डोरी चुँडिएर ज्यान गुमाउनुपरेको छ ।
ती दुई सैनिक हेलिकप्टरको डोरीमा झुण्डिएर मध्य आकाशमा स्टन्ट गरिरहेका थिए । परम्परागत मेडेलिन फूल मेलामा परेड देखाउने क्रममा आइतवार यो घटना भएको हो ।
कोलम्बियाको रक्षा मन्त्रालयले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको बताए ।
दुर्घटनालगत्तै शहरको विमानस्थल बन्द गरिएको थियो ।
सामाजिक सञ्जालमा राखिएका भिडियोमा दुई सैनिकको लडेर मृत्यु भएको देखिन्छ । उनीहरू ओलाया विमानस्थलमा अवतरण गर्न लागेका थिए ।
कोलम्बिया वायुसेनाले पीडितद्वय जेसुस मोस्केरा र सेबास्टियन गाम्बोआ रिकाउर्टे भएको जनाएको छ ।
भिडियोमा ती दुईजनामध्ये एक झण्डाको माथिल्लो भागमा अनि अर्का चाहिँ तल्लो भागमा झुण्डिएको र दुईमध्ये एक हेलिकप्टरको डोरीले उनीहरूलाई सम्हालेको देखिन्छ ।
अचानक डोरी चुँडिन्छ अनि दुवैजना भुइँमा बजारिन्छन् ।
वायुसेनाका एक प्रवक्ताले दुर्घटनामा शोक प्रकट गरिएको र सैनिकका परिवारलाई समवेदना पठाएको जानकारी दिए ।
रक्षामन्त्री गिलेर्मो बोटेरोले सैनिक कर्मचारीहरूका हवाई शोहरू स्थगित गर्ने घोषणा गर्दै ती दुई कमान्डोहरू हेलिकप्टरबाट कसरी लडे भन्ने कारण खोजिने बताए ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...