मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – जम्मु तथा कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० खारेज गर्ने भारत सरकारको निर्णयविरुद्ध विश्वको समर्थन लिनका लागि शुक्रवार पाकिस्तानका परराष्ट्रमन्त्री महमूख कुरैशी शुक्रवार चीन पुगे ।
कश्मीरका विषयमा भारतले चालेको कदमको चीनले विरोध गरेको छ । चीनको विरोध विशेष गरी लद्दाख क्षेत्रलाई जम्मु–कश्मीरबाट हटाएर केन्द्रशासित प्रदेश बनाइएकोमा केन्द्रित थियो ।
चीन भ्रमणपछि पाकिस्तानका परराष्ट्रमन्त्री कुरैशीले यस विषयमा चीनले पाकिस्तानको पूर्ण समर्थन गर्दै यस मुद्दालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उठाइनुपर्ने भनेको बताए ।
आइतवार भारतका परराष्ट्रमन्त्री एस जयशंकरले चीनको तीनदिने भ्रमण गरे । सोमवार चीनले जोड दिएरै क्षेत्रीय शान्ति र स्थिरताका लागि भारतले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरा बतायो ।
कश्मीरका विषयमा चीनको समर्थन पाकिस्तान र भारत दुवैका लागि महत्त्वपूर्ण छ । तर भौगोलिक कारणले गर्दा चीनले यस मुद्दामा पाकिस्तानलाई नै समर्थन गर्दै आएको छ ।
कश्मीरमा भारत र पाकिस्तान दुवैले दाबी गरेको भए पनि दुवै देशले यसका केही भागमा मात्र नियन्त्रण कायम गरेका छन् ।
चीनसँग भारत र भुटानको सीमा विवाद छ । भुटानमा दोक्लम क्षेत्रमा विवाद छ भने भारतमा लद्दाखसँग जोडिएको अक्साई चीन क्षेत्रमा विवाद छ ।
कश्मीरमा भारत सरकारको पछिल्लो निर्णयपछि चीनले कडा प्रतिक्रिया जनाएको छ ।
चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनइङ भन्छिन्, ‘चीन आफ्नो पश्चिमी सीमामा चिनियाँ क्षेत्रलाई भारतले आफ्नो सीमाभित्र देखाएको विषयको सधैं विरोध गर्छ ।’
कश्मीरका विषयमा भारतले गरेको निर्णयपछि हुआले भनिन्, ‘हालै भारतले आफ्नो आन्तरिक कानूनमा परिवर्तन गरेर चीनको सम्प्रभुतामा प्रश्न उठाएको छ । भारतको यो कदम अस्वीकार्य छ ।’
सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भएपछि दुवै देशका लागि कश्मीर विवादित विषय बनेको छ । जम्मु, भारतअधीनस्थ कश्मीर र लद्दाख भारतको नियन्त्रणमा छ भने पाकिस्तान प्रशासित कश्मीर र उत्तरी कश्मीर (गिलगिट तथा बाल्टिस्तान) पाकिस्तानको नियन्त्रणमा छ । अक्साई चीन र ट्रान्स काराकोरम (शक्सगाम) चीनसँग छ ।
क्षेत्रफलको हिसाबले अहिलेको कश्मीरको जम्मा ४५ प्रतिशत भागमा भारतको नियन्त्रण छ भने पाकिस्तानले ३५ प्रतिशत भागमा नियन्त्रण कायम राखेको छ । बाँकी २० प्रतिशत भाग चीनको नियन्त्रणमा छ ।
उता अरुणाचल प्रदेशको लगभग ९० हजार वर्ग किलोमिटरमा चीनले दाबी गरेको छ । चीनले त्यस क्षेत्रलाई अनौपचारिक रूपमा दक्षिण तिब्बत भन्ने गरेको छ ।
भारत र चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ । सीमा विवादका कारण दुवै देशले सन् १९६२ मा युद्ध समेत गरेका थिए । अहिले पनि सीमाका केही क्षेत्रका विषयमा विवाद कायम छ र यसले तनाव उत्पन्न गर्छ ।
सन् १९५० को दशकको अन्त्यतिर चीनले तिब्बत मिसाएपछि अक्सार्य चीनको लगभग ३८ हजार वर्गकिलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो ।
त्यो क्षेत्र लद्दाखसँग जोडिएको थियो । चीनले त्यहाँ नेसनल हाईवे २१९ बनायो । उक्त हाईवेले चीनलाई शिन्जियाङसँग जोड्छ । भारतले यसलाई अवैध कब्जाको संज्ञा दिएको छ र त्यसमा आफ्नो प्रभुत्व रहेको दाबी गरेको छ ।
अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर बाहेक शक्सगामको ५ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा चीनको नियन्त्रण छ ।
काराकोरम पर्वतबाट निस्कने शक्सगाम नदीको दुवै किनारामा सन् १९४८ मा पाकिस्तानले कब्जा जमाएको थियो । पछि सन् १९६३ मा एक सम्झौता गरेर पाकिस्तानले यो क्षेत्र चीनलाई सुम्पिदियो ।
पाकिस्तानले यसो गरेर चीनसँग मित्रता घनीभूत हुने धारणा बनायो अनि त्यहाँ अन्तर्राष्ट्रिय सीमा निर्धारित नभएकाले चीनलाई सुम्पिँदा कुनै हानि नभएको जिकिर लियो ।
यसै क्षेत्रमा चीन र पाकिस्तानले काराकोरम हाईवे हुँदै एकअर्कासँग व्यापार गर्ने गरेका छन् । पश्चिमी कश्मीरमार्फत यी दुई देश एकअर्कासँग जोडिएका छन् ।
चीन पाकिस्तान आर्थिक कोरिडोरमा मल्टीलेन पक्की सडक बनाइँदैछ र वर्षैभरि यसलाई उपयोग ल्याइनेछ ।
पाकिस्तानको आधारभूत संरचना र ऊर्जा क्षेत्रमा चीनले ५७ अर्ब अमेरिकी डलर लगानी गरिरहेको छ । कुनै पनि दक्षिण एसियाली मुलुकको तुलनामा यो अत्यधिक धेरै लगानी हो ।
भारत र चीनबीच सीमा विवाद उठिरहने गरेका छन् । सीमामा झडपको स्थिति पनि बन्ने गरेको छ । दुई देशले सीमा विवाद समाधान गर्न कैयौं बैठक बसे पनि विवाद साम्य भएको छैन ।
चीन अहिले घरेलु तथा वैश्विक मुद्दाहरूमा एकैचोटि अल्झिएकाले कश्मीरमा ध्यान दिन नसकेको अनेकौं विश्लेषकको भनाइ छ ।
हङकङमा भइरहेको विरोध प्रदर्शन र ताइवानसँग चीनको खटपट अनि अमेरिकासँग व्यापारयुद्धका कारण चीन व्यस्त छ ।
उता पाकिस्तानलाई पनि सोचेअनुरूपको अन्तर्राष्ट्रिय समर्थन प्राप्त भइरहेको छैन । कश्मीरमा चीनले ध्यान दिन नपाएकाले पाकिस्तानको स्थिति झनै खराब भएको बताइएको छ ।
धारा ३७० हटाएर जम्मु–कश्मीरलाई दिइएको विशेष दर्जा अन्त्य गरिएपनि अमेरिकाले कश्मीरका विषयमा धारणा परिवर्तन नगर्ने घोषणा गरेको छ ।
रुस र यूएईले भारतको समर्थन गरेका छन् भने पाकिस्तानलाई सहयोगी ठानिएको साउदी अरबले पनि समर्थन गरेको छैन ।
अनेकौं विश्लेषकहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङबाट द्विपक्षीय सम्बन्धमा परिपक्वता देखाइएकाले दुई देशको सहयोगमा असर नपरेको बताएका छन् ।
अक्टोबर महिनामा चीनका राष्ट्रपति शी एक अनौपचारिक बैठकका लागि भारत जानेछन् र मोदीसँग भेटघाट गर्नेछन् ।
बीबीसी हिन्दीबाट
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...