यी ६ कारणले बढ्यो सुनको भाउ

साउन २९, २०७६

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 
अमेरिका–चीन व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकले ब्याज घटाउनु, कमजोर सेयर बजार, सुस्त जर्मन अर्थतन्त्र, अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध, जम्मु–कश्मीर विवाद जस्ता कारणले सुनको भाउ बढेको खबर कान्तिपुर दैनिकमा खबर छापिएको छ । 


ADVERTISEMENT

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस