चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

साउन २९, २०७६

चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ । 

तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ । 


ADVERTISEMENT

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस