मेगा मोटर्सको निसान ड्याडसन ‘मेगा महाजात्रा’ हुँदै

साउन २९, २०७६

काठमाडौं – निसान ड्याडसनको आधिकारिक डिलर मेगा मोटर्स प्रालिले ग्राहकलाई उच्चतम् सेवा र सुविधा दिने लक्ष्यका साथ गाईजात्रा, रक्षा बन्धन जात्राको अवसर पारेर ‘मेगा महाजात्रा’ योजना ल्याएको छ । 

योजना साउन ३०, ३१ र ३२ गते मेगा मोटर्स, महाराजगञ्जको सोरुमबाट आयोजन गरिने छ । योजना अटोमोबाइल्स उद्योगमा हालसम्मकै राम्रो योजना हुने कुरा मेगा मोटर्स प्रालिका बजार प्रबन्धक दिक्षा पनेरुले  जानकारी गराए ।


ADVERTISEMENT

जात्रामा भ्रमण गरी गाडी खरिद गर्ने ग्राहकले सित्तैमा बनारसी साडी, घरमा प्रयोग हुने एयर कन्डिसन, इन्सुरेन्स, फुल ट्यांक इन्धन, वालीको टूर २ जनालाई, ५ वर्षसम्मको फ्री सर्भिस, पैसा फिर्ताका साथै स्पेसल नगद छुट पाउनेछन् ।

पुराना निसान ड्याडसन उपभोक्ताकर्ताले रिफरल गरेको खण्डमा रिफरल कर्तालाई पनि स्पेसल उपहारको व्यवस्था समेत गरेको छ । उक्त जात्रामा पुरानो गाडी सट्टा पट्टा गर्ने ग्राहकको गाडीलाई उचित मूल्यांकन गरी बैंक फाइनान्सको पनि सुविधा प्रधान गरिएको छ ।

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस