चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झरेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक १.२२ बिन्दुले घटेर २६५.९३ मा रोकिएको छ । परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो । स्टकका अनुसार आज कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर रु २५ करोड ७२ लाख ८५ हजार एकमा खरीदबिक्री भए ।
कारोवार भएका १२ उपसमूहमध्ये लघुवित्तको शेयर मात्र उकालो लागेको छ । लघुवित्तको शेयर ०.१४ ले बढ्दा बैङ्किङ ६.४९, व्यापार १.७७, होटल २१.२१, विकास बैंक ०.५२, जलविद्युत् ७.१३, वित्त १.०८, निर्जीवन बीमा १०.३६, उत्पादन ९.८१, अन्य ०.०७, जीवनबीमा २२.०६ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।
कारोवार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकका शेयर रु दुई करोड १० लाख ६२ हजार ५४१ मा खरीदबिक्री भयो । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका रु एक करोड ५८ लाख ७१ हजार ४७९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड १५ लाख ९५ हजार ७३२ र प्रभु बैंक लिमिटेडका शेयर रु एक करोड चार लाख ३७ हजार ३०८ मा खरीदबिक्री भए ।
घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.२६, एनएलजी इन्सुरेन्स कम्पनी २.५३, घलेम्दी हाइड्रोपावर २.४७, हिमालय ऊर्जा विकास कम्पनी २.३४ र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले २.१५ प्रतिशतले कमाए ।
वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ५.३० प्रतिशतले गुमाउँदा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ३.६०, गुडविल फाइनान्स कम्पनी २.४९, सनराइज बैंक २.८६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.८३ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...