×

NMB BANK
NIC ASIA

मुख्य समाचार

प्रधानमन्त्री ओली फेरि अस्वस्थ, यसकारण बढ्यो सुनको मूल्य

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई बिहीबार पक्राउ गरेको छ । 

Muktinath Bank

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी  अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरूलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट अपराह्न पक्राउ गरिएको थियो । तीनै जनालाई बिहीबारै चितवन पठाइएको पोखरेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरूको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो । बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिए ।  भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका थिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री फेरि अस्वस्थ

सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन् । उनी बिरामी परेपछि नेकपाको बिहीबारका लागि निर्धारित सचिवालय बैठक शुक्रबारसम्म स्थगित भएको छ । 

ओली १० दिन सिंगापुरमा उपचार गराएर सोमबार फर्केका थिए । उनको स्वास्थ्य अवस्थालाई लिएर चिकित्सकहरूले थप छलफल गरिरहेका छन् । उनीहरूले औपचारिक रूपमा केही जानकारी बाहिर ल्याएका छैनन् ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले पनि कुनै खुलासा गरेकी छैनन् । ‘थप उपचारका लागि प्रधानमन्त्रीलाई फेरि सिंगापुर लैजाने तयारी हो ?’ भन्ने जिज्ञासामा प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘त्यसबारे कुनै छलफल भएको छैन । उहाँलाई ज्वरो आएकाले बैठकमा सहभागी हुन नसक्नु भएको हो ।’

अपराह्न ३ बजे सचिवालय बैठकका लागि नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री सहभागी हुन नसक्ने भएपछि बैठक स्थगन गरी उनीहरू बाहिरिए । ‘प्रधानमन्त्रीलाई ज्वरो आएकाले बैठक स्थगित गरियो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘स्वास्थ्य सुधार भए शुक्रबार बैठक बस्छ ।’  १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य केही बिग्रेपछि चिकित्सकको सल्लाहमा उनी सिंगापुर उपचार गराएर फर्केका हुन् । उनको त्यहाँ के उपचार भयो, स्वास्थ्यमा के प्रगति भयो भन्ने प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म सार्वजनिक गरेको छैन । फर्केलगत्तै ओलीले ट्वीटरमा आफू स्वस्थ रहेको लेखेका थिए । त्यसबाहेक उनको स्वास्थ्यसम्बन्धी कुनै रिपोर्ट बाहिर ल्याइएको छैन । मुलुकको कार्यकारी प्रमुखजस्तो व्यक्तिको स्वास्थ्यमा समस्या आएर विदेश गई उपचार गराउँदा पनि औपचारिक रूपमा सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जाललगायतमा आलोचना भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

आज गाईजात्रा

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । 

    आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । 

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा बिहीबार पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । 

    गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । 

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा 

निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसएिको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो । 

एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ । 

नेपाललाई इयूको कालोसूचीबाट हटाउन पहल 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको हवाई क्षेत्रलाई युरोपेली सङ््घ (इयू) को कालोसूचीबाट हटाउनका लागि सम्बन्धित मुलुकसँग पहल भइरहेको बताएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ को बिहीबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले नेपाली जहाजलाई इयूको आकाशमा उडान सहजता बनाउन इयूका राजदूतसँग पछिल्ला दिनमा बारम्बार छलफल गरिरहेको उल्लेख गरे । 

नेपालले हवाई सुरक्षाको स्तरदर वृद्धि गरिसकेको सन्दर्भमा पनि इयूले कालोसूचीमा राखिरहनुपर्ने अवस्था किन ? भन्दै मन्त्री भट्टराईले अब यसको जवाफ इयूले हैन नेपालले सोध्ने बताए । 

राष्ट्रपतिलाई राखी

    नेपाली हिन्दु धर्मावलम्बीबाट बिहीबार रक्षाबन्धन मनाइएको छ । यसैअवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको छ । 
    राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले रक्षाबन्धनका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरिन् ।  त्यस्तै प्रधानमन्त्री ओलीले विश्व शान्तिको आवश्यकतामा जोड दिँदै समाजमा व्यप्त घृणा, हिंसाजस्ता अनिष्ट समाप्त गर्ने  केन्द्रको भूमिकाको प्रशंसा गरे । 

    केन्द्रले सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल   र उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रम, रोजगार तथा  सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कानून न्याय तथा, संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा युवराज खतिवडा, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री एवं सुरक्षा अधिकारीलाई राखी लगाइदिएको छ  ।

राप्रपा बैठक भदौ दोस्रो साता

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न आगामी भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।  देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पु¥याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ । । 

अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे । 
 
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले समान विचार भएका विभिन्न दललाई एकताबद्ध गरी बलियो प्रजातन्त्रवादी शक्ति निर्माणका लागि आग्रह गरेको छ । 

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

    धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । 

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो । 

    स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन बीमा १७.३२, उत्पादन २३.८३ र जीवन बीमा १९.४३ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.३३, जलविद्युत् ७.९५, अन्य ६.६८, लघुवित्र ४.०१ र सामूहिक लगानी कोषको शेयर शून्य अङ्कले घटेको छ । 

    कारोबार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु पाँच करोड ३७ लाख ८६ हजार २७३, सनराइज बैंक लिमिटेड रु चार करोड ८२ लाख ८२ हजार ७७५, प्रभू बैंकको रु दुई करोड ३७ लाख २१ हजार ८३३, नेपाल इन्भेष्टमेन्ट बैंकको रु दुई करोड ३६ लाख ९५ हजार ३९१ र एनआइसी एसिया बैंकको रु दुई करोड पाँच लाख ९४ हजार ६०२ को कारोबार भएको छ । 

    घटेको बजारमा स्टकका अनुसार बिहीबार मन्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतले कमाए । त्यस्तै विशाल बजार कम्पनी लिमिटेड ६.०३, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन डिष्टिलरी ३.६३, वेष्ट फाइनान्स कम्पनी ३.१३ र महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए । 

    यसैगरी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका शेयरधनीले ५.६० प्रतिशतले गुमाउँदा युनाइटेड मोदी हाइड्रोपावर ५.३०, पाँचथर पावर कम्पनी ३.३३, नेपाल इन्भेष्टमेन्ट बैंक ३.१४ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.९७ प्रतिशतले गुमाए । 

एकैदिनमा तोलाको १२ सयले बढ्यो सुन

    लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । 

    बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा बिहीबार प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० ले नै बढेको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । 

    पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएर रु ८४० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । 

    चीन–अमेरिका व्यापार टकराव तथा अमेरिका–इरानबीच देखिएको विवादका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको बताइएको छ । 
क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने

बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । 

    अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले मुलुकका विभिन्न सिँचाइ प्रणालीमा क्षति पु¥याएको थियो । क्षति पुगेका सिँचाइ संरचनाको दीर्घकालीन मर्मतका लागि रु दुई अर्ब ११ करोड २२ लाख लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

    बाढीबाट क्षति पुगेका सिँचाइ प्रणाली मर्मत तथा नयाँ निर्माण गर्न तत्कालीक रूपमा रु ३८ करोड २२ लाख लाग्ने भएको छ । बाढीलगत्तै सिँचाइ विभागले गरेको स्थलगत अवलोकन गरेको थियो । 
    पुल मर्मत गर्न पन्ध्र दिन लाग्ने 

पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको  मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । 

पुलमा  थप क्षति नपुगे काम शुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x