मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं – यौन धन्दाको नयाँ ट्रेण्ड चलिरहेको प्रहरीले फेला पारेको छ ।
खाजा पसलको नाममा दर्ता नगरी र पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरेको प्रहरीले तथ्य फेला पारेको हो ।
पछिल्लो समय खाजा पसलका नाममा यस्तो क्रियाकलाप गरेको भन्दै गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट २८ जनालाई प्रहरीले पक्राउ गरेकोे थियो । प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।
नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, गौशाला लगायतका क्षेत्रमा दर्ता नगरिकनै खाजा पसलका नाममा यौनधन्दा भइरहेको तथ्य खुलेको प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।
‘मानिसको भीडभाड हुने तथा राजधानीका मुख्य ठाउँ मानिने कोटेश्वर, कलकंकी, नयाँ बसपार्क, रत्नपार्क लगायतका क्षेत्रमा उनीहरूको सक्रिय देखिन्छ,’ एसएसपी सुवेदीले भने ।
‘ए दाई हामी मिलाइदिन्छौं, जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने दलालले सर्वधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू हामी कहाँ आइरहन्छन् । त्यसलाई हामीले समुदायसँग साझेदारीमा नियन्त्रणमा लिने, सम्झाउने तथा सुध्रिनको समय दिने । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्छाैं,’ प्रमुख सुवेदीले लोकान्तरसँग भने ।
३ थरिका यौन क्रियाकलाप
दिउँसो यौन क्रियाकलाप गर्ने महिला–पुरुष, राति ८ बजेदेखि ११ बजेसम्म यौन क्रियाकलाप गर्ने र तेस्रोलिङ्गी यौन क्रियाकलप गर्ने गरी ३ थरिका समूह सक्रिय छन् । प्रहरीले यस्ता समूहलाई कानूनी दायरामा ल्याउन र राजधानीमा आम सर्वसाधारणलाई सहज रुपमा हिँडडुल गर्न सक्ने वातावरण बनाउन लागिपरेको प्रमुख एसएसपी उत्तमराज सुवेदीले लोकान्तरलाई बताए ।
‘तेस्रोलिङ्गीहरू ठमेलको सञ्चय कोष छेउछाउ, चाबहिल, नयाँ बसपार्कमा सक्रिय रहेका छन् । हामीले उनीहरूलाई यस्ता क्रियाकलापबाट निरुत्साहित गर्न अथवा सचेत गराउने, नमानेमा कानूनको दायरामा ल्याउने गरेका छौं,’ उनले भने ।
शनिवार रत्नपार्क विशेष सरसफाइ
रत्नपार्कमा यौनजन्य क्रियाकलाप गर्ने समूहलाई लगभग अन्त्य गर्दै लैजाने क्रममा त्यस्ता क्रियाकलाप गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको एसएसपी सुवेदीले बताए । उनका अनुसार अझै पनि यौनजन्य गतिविधि गर्नेलाई छाडिने छैन ।
‘हामीले यौनजन्य गतिविधि गर्नेहरूलाई त्यसक्षेत्रबाट हटाइसकेका छौं । अब हामीले त्यस क्षेत्रमा भएका भौतिक फोहोरलाई पनि शनिवार काठमाडौं परिसरको पहलमा सरसफाइ अभियान राखेका छौं,’ एसएसपी सुवेदी थपे, ‘त्यस क्षेत्रमा कागज तथा अन्य फोहोर जम्मा भएका छन् । साथै ओभर ब्रीजहरू पनि जीर्ण भएका छन् । जिम्मा लिएका ठेकेदार मनोज भेटवालसँग कुरा गरिसकेका छौं । अब शनिवार मर्मतसँगै रंगरोगन पनि गरिने छ र सुन्दर बनाउँछौं ।’
खाजा व्यवसायी र कामदार महिलालाई सचेतना तालिम
काठमाडौंका खाजा पसल र त्यसमा काम गर्ने मजदूर र महिला कर्मचारीलाई प्रहरीले सचेतनामूलक तालिमको व्यवस्था गरेको छ । काठमाडौं प्रहरी परिसर, राजस्व विभाग र होटल व्यवसायीको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले लोकान्तरलाई बताए ।
‘राजस्वको दायरामा नआएका खाजा पसललाई राजस्व विभागले दायरामा ल्याउँछ र अनैतिक क्रिलाकलाप गर्नबाट जोगाउनको लागि हामीले सचेतनामूलक तालिम दिन्छौं,’ बोगटीले थपे, ‘समुदायको सहकार्यमा हामीले यस्ता कार्यक्रम गर्ने हो यसले गर्दा समाजले पचाउन नसक्ने यस्ता क्रियाकलप भए गरेको देखेमा हामीलाई सूचना आउनेछ भन्ने विश्वास लिएका छौं ।’
इच्छाले होटल गएका जोडीलाई छूट
इच्छाले होटलमा बस्ने जोडीलाई प्रहरीले हस्तक्षेप गर्न छोडेको छ । ‘कुनै पनि मानिसको निजी मामिलामा हस्तक्षेप गर्न कानूनले पनि दिँदैन र हामीले सुरक्षाको हिसाबले बाहेकका अन्य कुराले सर्वसाधारणलाई पक्राउ गर्दैनौं,’ अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले लोकान्तरलाई भने, ‘सामान्य रुपमा कुनै होटलमा मानिसहरू जान्छन्, ड्रिंक्सहरू गर्दछन, खाजानास्ता खान्छन् भने त्यसलाई सामान्य रुपमा लिइन्छ । यसलाई रोक्ने कुरा भएन ।’
केटाकेटी, प्रेमीप्रेमिका कानूनी रुपमा होटलमा जाँदा प्रहरीले कुनै रोकावट नगर्ने प्रहरीले स्पष्ट पारेको छ । ‘कुनै होटल, गेस्ट हाउस वा लजमा केटाकेटी, ब्वाइ फ्रेन्ड र गर्ल फ्रेन्डको रुपमा लिगल्ली रुपमा जान्छन् भने त्यो अधिकार पनि छ । त्यसमा हाम्रो रोकावट हुँदैन । हामीले मुख्य गरेर होटल, गेस्ट हाउस वा लजमा गलत कामका लागि युवायुवती राख्ने, बाहिरबाट ग्राहक खोजेर ल्याउने अवस्थालाई हाम्रो कानूनले छुट दिएको छैन र हामीले त्यस्तो गतिविधि गर्ने वा गराउनेलाई नियन्त्रणमा लिन्छौं,’ उनले भने ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...