×

NMB BANK
NIC ASIA

खर्च नभएको रकम फिर्ता

साउन ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

मकवानपुर-सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको रु एक अर्ब ३८ करोड ४४ लाख फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय ९कोलेनिका० मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको रु १४ अर्ब १४ करोड ९१ लाखमध्ये रु १२ अर्ब ७६ करोड ४६ लाख मात्र खर्च भएको कारण बाँकी रकम फिर्ता भएकोे हो ।  
कोलेनिकाका अनुसार डिभिजन सडक कार्यालय हेटौँडाको बजेट सबैभन्दा बढी रकम फ्रिज भएको छ । कार्यालयको लागि सरकारले रु ९७ करोड ७८ लाख ९५ हजार छुट्याएकामा रु ३५ करोड ९६ लाख ६३ हजार खर्च हुन नसकेको हो । 

Muktinath Bank

त्यस्तै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लागि छुट्याइएको रु एक अर्ब ३६ करोड ९४ लाख ६५ हजारमध्ये ३० करोड तीन लाख खर्च हुन नसकी फ्रिज भएको कोलेनिकाका कोष नियन्त्रक प्रमोद मैनालीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षातर्फको पनि एक करोड १५ लाख रुपैयाँ बजेट फिर्ता गएको छ । कोष नियन्त्रक मैनालीले शिक्षाको भवन पुनःनिर्माणको लागि ४७ करोड ४६ लाख रुपैयाँ छुट्याइएका बताए । मकवानपुरका १० वटा स्थानीय तहमा पठाइएको एकीकृत विनियोजन खर्चतर्फको करीब रु छ करोड फ्रिज भएको छ । 


Advertisment
Nabil box
Kumari

सबै स्थानीय तहमा गरी ७४ करोड ६९ लाख ६० हजार पठाइएकामा ६ करोड ८ लाख १९ हजार रुपैयाँ खर्च हुन नसकेको उनको भनाइ छ । स्थानीय तहहरुले एकीकृत विनियोजन खर्चतर्फको रु ६८ करोड ६१ लाख ४० हजार मात्र खर्च गर्नसकेका हुन् । दश स्थानीय तहमध्ये थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले छुट्याइएको सबै रकम खर्च गर्न सफल भएका छन् ।

Vianet communication
Laxmi Bank

थाहा नगरपालिकाको रु आठ करोड २१ लाख ७२ हजारमा सबै रकम खर्च भएको हो भने इन्द्रसरोबर गाउँपालिकाको रु दुई करोड लाख सबै खर्च गर्न सफल भएको कोष नियन्त्रक मैनालीले जानकारी दिए । 
 हेटौँडा उपमहानगरपालिकाले पाएको रु २२ करोड ७४ लाख विनियोजन रकममध्ये पाँचलाख ३४ हजार मात्र फिर्ता भएको छ ।

मनहरि गाउँपालिकाको कुल ६ करोड २९ लाख ४७ हजार एकीकृत विनियोजन रकममध्ये एक करोढ ९६ लाख खर्च हुन नसकी फ्रिज भएको छ । रु चार करोड ५३  लाख ८७ हजार पाएको कैलाश गाउँपालिकाले ३३ लाख ९४ हजार खर्च गर्न सकेन ।

त्यसैगरी विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिकाले पाएको रु पाँच करोड ७८ लाख १० हजार एकीकृत विनियोजन रकममध्ये रु पाँच करोड ५३ लाख खर्च गरेको छ ।  मकवानपुरगढी गाउँपालिकाको रु पाँच करोड ७८ लाख ९९ हजारमध्ये रु ९८ लाख ३३ हजार खर्च हुन नसकेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

बागमती गाउँपालिकाको रु पाँच करोड ६१ लाख विनियोजन रकममध्ये २० लाख मात्रै फ्रिज भएको छ भने बकैया गाउँपालिकाको रु आठ करोड ४३ मध्ये एक करोड ८४ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको–४ करोड १६ विनियोजन रकममध्ये रु ४४ लाख ४० लाख भने फ्रिज भएको बताइएको छ । 

यसैबीच सङ्घीय सरकारले स्थानीय तहलाई दिएको वित्तीय हस्तान्तरणतर्फको खर्च नभएको बजेट भने स्थानीय तहहरुले फिर्ता पठाइसकेका छैनन् । केही स्थानीय तहले सशर्त र समपुरक अनुदानको खर्च हुन नसकेको रकम फिर्ता पठाए पनि धेरैले हालसम्म फिर्ता नगरेको कोष नियन्त्रक मैनालीले जानकारी दिए । 

स्थानीय तहको लेखा परीक्षणपछि मात्रै सशर्त र समपुरक अनुदान रकमको बास्तविक खर्च विवरण आउने मैनालीले बताए । मकवानपुरका १० वटा स्थानीय तहलाई सङ्घीय सरकारले रु दुई अर्ब ९९ करोड ४३ लाख वित्तीय हस्तान्तरणबापतको बजेट पठाएकामध्ये रु एक अर्ब १० करोड ३१ लाख बित्तीय समानीकरण वापतको रकम थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x