×

NMB BANK
NIC ASIA

‘वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमती चर्को हिंसा सहन बाध्य’

साउन ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ- मुलुक विप्रेषण (रेमिट्यान्स) को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक रोजगारीबाट पर्न गएको सामाजिक मूल्यले पारेको प्रभावको आजसम्म कोही कसैले आँकल गर्न सकेको छैन । वैदेशिक रोजगारीबाट सिङ्गो मुलुक त प्रभावित छ नै, रोजगारीमा जाने व्यक्तिका परिवार, श्रीमती, सन्तति र समाजलाई झनै आक्रान्त परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘वैदेशिक रोजगारीमा गएका पुरुषको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकको अवस्था तथा मावन बेचबिखनको जोखिमता’ विषयको अध्ययनमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले चर्को सामाजिक मूल्य चुकाउनु परेको उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

रोजगारीका सिलसिलामा विदेशिएका व्यक्तिका श्रीमतीले विविध प्रकारको हिंसा खेप्न बाध्य भएका छन् । उनीहरुले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । समाजमा हिँड्डुल गर्दा जिस्काउन, होच्याउने, सामाजिक रुपमा गालीगलौज गर्ने तथा विविध विषयमा लान्छना लगाएर हिंसा गर्ने गरेको अध्ययनका क्रममा पाइएको थियो । 

Vianet communication
Laxmi Bank

त्यस्तै बजार जाँदा, छिमेक तथा घरबाट नै विभिन्न लान्छाना लगाउन, राम्रो लुगा लगाउँदा पनि घर परिवारका सदस्यले परदेशमा रहेको श्रीमान्लाई फोन गरी विविध नकारात्मक टिप्पणी सुनाइदिने गरेको अध्ययनका क्रममा सहभागी युवतीले सुनाएका थिए । 

श्रीमान विदेश हुनेको श्रीमतीले बजार जाँदा नकारात्मक दृष्टिले हेर्ने, धकेल्ने, जिस्क्याउन खोज्ने प्रवृत्तिको पनि सामाना गर्नु परेको प्रतिवेदनमा उल्लेख गरेको छ । बढ्दो सामाजिक हिंसाका कारण मनमा नकारात्मक असर पर्ने, एक्लै घर बाहिर निस्कन असहज महसुस गर्ने गरेका अध्ययन प्रतिवेदनमा जनाइएको छ । 

अध्ययन प्रतिवेदनमा भनिएको छ, “सिन्धुपाल्चोक जिल्लामा पनि फलानोको श्रीमान् वैदेशिक रोजगारीमा गएको छ, उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान पर्‍यो भन्ने समूह नै रहेको भन्ने सामूहिक छलफलका क्रममा सहभागीबाट आएको थियो ।” प्रायः गरी काठमाडौँ तथा अन्य छिमेकी जिल्लाबाट र घर छिमेकका युवाले यस्ता विषयमा लागि पर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

विवाह भएपछि श्रीमान वैदेशिक रोजगारीमा जानेको श्रीमती बढी सामाजिक हिंसाको शिकार हुने गरेको पाइएको छ । विवाह भएको छोटो समयमा वैदेशिक रोजगारीमा जाने युवाको श्रीमती तथा सानो उमेरमा विवाह गरी छाडेर वैदेशिक रोजगारीमा जाने युवाका श्रीमतीलाई यस्तो हिंसा धेरै हुने गरेको छ । 

अध्ययनमा सहभागी महिला पनि लगभग २० प्रतिशत २० वर्षभन्दा कम उमेरमा विवाह गरेका तथा विवाह गरेर मात्र विदेश गएका युवाका श्रीमती सहभागी थिए । वैदेशिक रोजगारीमा गएका युवाका श्रीमतीले चर्को सामाजिक मूल्य खेप्न परेपछि मानव बेचविखनको घटनामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

परिवार, समाज तथा अन्य क्षेत्रबाट महिलाले भोग्दै आएको सामाजिक मूल्यको एउटै उपाय वैदेशिक रोजगारी ठान्ने गरिएको छ । हिंसाबाट छुटकारा पाउनका लागि कसैसँग सरसल्लाह नगरी छरछिमेकमा वैदेशिक रोजगारीमा गएका महिलालाई हेरी तुरुन्त राहदानी बनाउन जानुले पनि बेचबिखनको जोखिम बढाएको प्रतिवेदनले औँल्याएको छ ।

आयोगले वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य र मानव बेचबिखनको बारेमा राष्ट्रव्यापी अध्ययन अनुसन्धान गरी यथाशीघ्र आवश्यक कदम चाल्न सुझाव दिएको छ । नजानिँदो तरिकाबाट वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य भोगिरहेका महिलाले सामाजिक तथा पारिवारिक बहिस्कारसम्मको स्थिति रहेकाले आफ्नो घर ठाउँमा पनि दासत्व स्वीकार्न बाध्य भएको परिस्थितिलाई अन्त्य गर्न आवश्यक कदम चाल्न पनि आयोगले सिफारिश गरेको छ । 

आयोगले अध्ययनका लागि बढी मात्रामा युवा वैदेशिक रोजागरीमा गएका सिन्धुपाल्चोक र धनुषा जिल्लाको छनोट गरेको थियो । अध्ययनमा सबैभन्दा बढी २५ देखि २९ वर्षसम्मका २१ प्रतिशत, ३० देखि ३४ वर्ष र ४० देखि ४४ वर्षको १७/१७ प्रतिशत, २० देखि २४ वर्षका १३ प्रतिशत, ३५ देखि ३९ वर्षका ११ प्रतिशत, ४५ देखि ४९ वर्षका नौ प्रतिशत, १५ देखि १९ वर्षका सात र ५० वर्षमाथिका पाँच प्रतिशत महिलाको सहभागिता थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x