×

NMB BANK
NIC ASIA

पुडासैनी मृत्यु प्रकरणः ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

भदौ १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ-नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ ।

Muktinath Bank

सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोलिएका व्यक्तिलाई यस अघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति दोषी हो या निर्दोष हो भन्ने कुरा अदालतले निर्णय गर्ने भएकाले पक्ष वा विपक्षमा प्रदर्शन गर्नुको अर्थ नहुने उनीहरुको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

घटनाको अनुसन्धानका लागि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना समातिएपछि भइरहेका गतिविधिबारे नेपाल बार एशोसिएसन चितवनका पूर्वअध्यक्ष गोपीलाल देवकोटाले कानूनमा आधिकारिक निकायलाई कुनै पनि घटनामा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने अधिकार रहेको बताए । 

Vianet communication
Laxmi Bank

देवकोटाले भने,“पत्रकार पुडासैनीको आत्महत्याको ढङ्गबाट मृत्यु भएको देखिन्छ, मृत्युकालीन घोषणामा केही व्यक्तिको नाम पोलेको छ, यसलाई अदालतले निक्र्यौल गर्ने कुरा हो, अनुसन्धानलाई दबाब दिनु हुँदैन र प्रदर्शन जरुरी पनि छैन, राज्यले पनि उनीहरुमाथि दबाब सिर्जना गर्नु हुँदैन ।”

प्रहरीले उक्त घटनामा पत्रकार पुडासैनीले मर्नुअघि मोबाइलमा श्रव्यदृश्य रेकर्ड गरेको भिडियोमा नाम किटान भएअनुसार पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले न्यायिक चरणमा पुगिसकेकाले उक्त घटनामा न्यायालयको फैसला पर्खनुको विकल्प नरहेको प्रतिक्रिया दिए । “संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन”, खतिवडाले भने, लामिछानेको समर्थनमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन भइरहेको र अर्कोतर्फ पुडासैनीले न्याय पाउनुपर्छ भन्दै र्‍याली निकाल्ने काम भएको उनले जानकारी दिए । 

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनमा भइरहेको उच्छृङ्खल गतिविधिको सूक्ष्म निगरानी भइरहेको र धैर्यका साथ संयम भएर प्रहरीले काम गरिरहेको बताए । “अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई आड बनाएर प्रहरीमाथि नै आक्रमणको दुष्प्रयास भएको छ, प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा अस्पतालमा लुक्ने अनि फेरि गैरकानूनी गतिविधिमा उत्रने काम शनिवार भयो, तैपनि प्रहरी संयम भएर सुरक्षामा खटिएको छ”, मल्लले भने । शनिबार मोबाइल गस्तीमा रहेको प्रहरीको गाडीलाई आक्रमण प्रयास भएपछि प्रहरीले केही सेल अश्रुग्यास र लाठी चार्ज गरेर भीड तितरवितर पारेको थियो । 

उक्त घटनाको विषयमा नेपाल पत्रकार महासङ्घले केही दिनअघि विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ । महासङ्घले सञ्चारगृहमा गएर गरिएको सञ्चारकर्मीको गिरफ्तारीको पनि विरोध गरेको छ । नागरिक समाज चितवनले पनि शनिवार विज्ञप्ति जारी गरी जाहेरीउपर अनुसन्धानको सिलसिलामा मानिस पक्राउ गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उक्त घटनाको निष्पक्षरूपमा छानबिन र अनुसन्धान गर्न माग गरेको सचिव गोपीलाल देवकोटाले बताए । विज्ञप्तिमा छानबिनको विषयमा कुनै पनि किसिमको दबाब सिर्जना नगर्न र निष्पक्ष छानबिनका लागि सहयोग गर्न नागरिक समुदायसँग आग्रह गरिएको उनले जानकारी दिए । 

बिहीबार सार्वजनिक भएको पुडासैनीले मर्नुअघि मोवाइलमा रेकर्ड गरेएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ । 

उक्त भिडियोको प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा रेकर्ड गरिएको भिडियो उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । 

शनिबारको प्रदर्शनमा उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।  उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले भने,“प्रदर्शन एउटा पाटो, अनुसन्धान अर्को पाटो हो, यसले अनुसन्धानलाई केही फरक पर्दैन ।” 

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पक्राउ परेका तीन जनाको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x