×

NMB BANK
NIC ASIA

रुसमा आणविक विकिरण विस्फोट : चिकित्सककै पनि गरिँदैछ स्वास्थ्य परीक्षण

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसमा केही दिनअघि आणविक विकिरण विस्फोटमा परेका मानिसहरूको उपचार गरेका ६० जना चिकित्सकलाई स्वास्थ्य परीक्षणका लागि मस्को लगिएको बताइएको छ । 

Muktinath Bank

तीमध्ये एक चिकित्सकको शरीरमा केसियम–१३७ पाइएको छ । यो रेडियोएक्टिभ आइसोटोप हो र युरेनियम–२३५ को बाईप्रोडक्ट हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्योनोस्का नामक स्थानमा हतियार परीक्षणका क्रममा साउन २३ गते विकिरण विस्फोट भएको थियो ।


Advertisment
Nabil box
Kumari

विस्फोट भएको दिन तीनजना पीडितहरू नग्न अवस्थामा पारदर्शी प्लास्टिक ब्यागमा बेरेर ल्याइएका थिए । अर्खान्गेल्स्क क्षेत्रीय अस्पतालमा चिकित्सकहरूलाई ती कामदारहरू कसरी घाइते भए भनी सत्यतथ्य बताइएको थिएन । 

Vianet communication
Laxmi Bank

आणविक शक्तिसम्पन्न रकेटको परीक्षण गर्ने क्रममा भएको विस्फोटमा परी पाँचजना रुसी वैज्ञानिकको मृत्यु भएको थियो । अधिकारीहरूले मृतकलाई एक ठाउँबाट अर्को ठाउँमा लग्दा सुरक्षाकवच लगाएको देखिएको थियो ।

न्योनोस्का गाउँका बासिन्दालाई मस्कोका शीर्ष चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए ।

त्यसको एक दिनपछि अस्पताल पुगेका रुसी जासूसी संस्थाका एजेन्टहरूले घटनासँग सम्बन्धित सबै स्वास्थ्य रेकर्डहरू मेटाइदिएका थिए । 

उक्त अस्पतालमा उपचार गराएका तीनमध्ये दुई पीडित मस्को लैजाने क्रममा विमानस्थल लगिँदै गर्दा बाटैमा मरेका थिए ।

चिकित्सकहरूले सुरक्षा कवच नलगाइकन पीडितको उपचार गरेकाले उनीहरूमा पनि विकिरण सरेको बताइएको छ । 

विस्फोटको घटनामा कुल पाँच रुसी हतियार अनुसन्धानकर्ताहरू मारिएका हुन् । उनीहरूलाई संयुक्त रूपमा अन्तिम संस्कार गरिएको छ । उनीहरूलाई राष्ट्रिय नायकका रूपमा सम्मान दिइएको छ । तर राज्यले यो दुर्घटना कसरी भएको हो भन्ने विषयमा विस्तृत विवरण दिएको छैन । 

न्योनोस्का गाउँनजिक रहेको परीक्षण स्थलमा भएको विस्फोमा घाइते भएका अन्यलाई मस्कोको एक अस्पतालमा उपचार गरिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x