मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भदौ १, २०७६
काठमाडौं–नेकपा सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले जनवर्गीय संगठनमा मनोनयनको विषयमा असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा सन्तुलन मिलाउन केही नेतालाई सचिवालयमा ल्याउन पनि माग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा नेपालले भीम रावल, अष्ठलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा मनोनयन गनुपर्ने प्रस्ताव गरेका छन् ।
अहिले नेकपामा ९ जनाको सचिवालय रहेको छ । नेपालको प्रस्तावअनुसार तीन नेतालाई सचिवालयमा लगिए १२ जनाको टीम हुनेछ । अहिले सचिवालयमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसहित, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेल रहेका छन् ।
यस्तै नेपालले दुई जना अध्यक्षमध्ये एक जनाले पार्टी र अर्काले सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।
यसअघि शुक्रबार बसेको बैठकमा नेकपाले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको थियो ।
पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व सचिवालय सदस्य वामदेव गौतमले पाएका छन् ।
एकभन्दा बढी नेताको दाबीका कारण निर्णयमा पुग्न कठिन भएको स्कूल विभागको नेतृत्वमा भने ईश्वर पोखरेललाई नै ल्याइएको छ ।
पोखरेलको नाममा चर्चा भएपनि सहमति हुन सकिरहेको थिएन ।
यसका अलावा विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले पाउँदा नीति तथा अध्ययन प्रतिष्ठानमा झलनाथ खनाललाई जिम्मेवारी तोकिएको छ ।
प्रचार विभागको जिम्मा नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजना विभागको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...