कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भदौ २, २०७६
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो वरियतामा झलनाथ खनाल चयन भएका छन् ।
नेकपाको आइतबार बसेको सचिवालय बैठकले खनालको वरियता दुई अध्यक्षपछि तेस्रो हुन निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
वरिष्ठ नेता माधव कुमार नेपालको वरियता भने घटुवा भएर चौथो नम्बरमा रहेको छ । पार्टी एकताअघिको तत्कालीन एमालेमा खनालकै वरियता अगाडि थियो । तर एकतापछि खनाल पछि परेकोमा असन्तुष्टि जनाउँदै आएका थिए ।
बैठकले सांगठनिक एकीकरण र कार्यविभाजनको सन्दर्भमा केही थप निर्णय पनि लिएको छ । जसअनुसार उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल र सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल चयन हुँदा अध्यक्षमा राजन नेपाल तथा सचिवमा लेखनाथ न्यौपाने चयन भएका छन् ।
यसअघि न्योपानेले जिम्मेवारी नपाएको भन्दै पार्टी नेतृत्वको आलोचना हुने गरेको थियो ।
बैठकले युवा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनित बराललाई तोकेको छ भने मजदूर विशेष जिल्ला कमिटी इन्चार्ज बिना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेललाई तोकेको छ ।
पेसागत विशेष जिल्ला कमिटीको इन्चार्ज केशव प्रसाद नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्णराज केसी चयन भएका छन् ।
उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी इन्चार्जमा पार्वत गुरुङ सहइन्चार्ज शशी श्रेष्ठ हुँदा अध्यक्षको टुंगो लगाउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै सचिवमा चन्द्र रिजाल चयन भएका छन् ।
केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा सहइन्चार्जमा लिलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी तथा अध्यक्षमा प्रह्लाद बुढाथोकी र सचिवमा नरेन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।
यसैगरी प्रदेश नम्बर १ को सम्पर्क कमिटी इन्चार्ज किशोर अधिकारी सहइन्चार्ज हेम कुमार राई, अध्यक्ष इन्द्र भण्डारी र सचिव ध्रुव कुमार आङदाम्बे चयन भएका छन् ।
प्रदेश नम्बर २ को सम्पर्क कमिटी इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत शाह, अध्यक्ष सुनिता यादव र सचिव बृजु यादव चयन हुँदा प्रदेश नम्बर ३ मा इन्चार्ज गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दोङ र सचिव श्याम बस्नेत चयन भएका छन् ।
यसैगरी गण्डकी प्रदेश सम्पर्क कमिटी इन्चार्ज दिलु पन्त, सहइन्चार्ज चूडामणि खड्का, अध्यक्ष तारा कुमाल र सचिव विष्णु सिग्देल चयन हुँदा प्रदेश नम्बर ५ सम्पर्क कमिटी इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बस्याल र सचिव सुनिता रोका चयन भएका छन् ।
कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज जकबहादुर मल्ल, सहइन्चार्ज गोविन्द विक्रम शाह, अध्यक्ष पूर्ण बहादुर मल्ल र सचिव चित्रबहादुर घर्ती मगर चयन हुँदा सुदूरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा गौरीशंकर चौधरी सहइन्चार्जमा महेश्वर पाठक, अध्यक्षमा शिव ठगुन्ना र सचिवमा हेमन्त जोशी तोकिएका छन् ।
यस्तै जनवर्गीय संगठनको पनि इन्चार्ज र सह इन्चार्ज तोकिएको श्रेष्ठले जानकारी दिए ।
जसअनुसार ट्रेड युनियन महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः जयपुरी घर्ती र विनोद श्रेष्ठ,किसान महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः बामदेव गौतम र सुनिल मानन्धर चयन भएका छन् । अध्यक्ष भने हरि पराजुलीलाई बनाउने निर्णय भएको छ।
यसैगरी महिला संघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः गोमा देवकोटा र कमला रोका, युवा संघ नेपालको इन्चार्ज र सहइन्चार्जमा क्रमशः महेश बस्नेत र रामप्रसाद सापकोटा दीपशीखा, विद्यार्थी संघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः हितमान शाक्य र विनोद ढकाल, बुद्धिजिवि संगठनको इन्चार्ज र सहइन्चार्जमा क्रमशः अग्नी सापकोटा र टंक कार्की, पेसागत महासंघको इन्चार्ज र सहइन्चार्जमा क्रमशः पम्पा भुसाल र विश्वनाथ प्याकुरेललाई चयन गरिएको श्रेष्ठले जानकारी दिए ।
यसअघि नेकपाले शुक्रबार नेकपाले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको थियो ।
प्रमको संसदलाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म सरकार परिवर्तन हुने सपना नदेख्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।
‘सरकार जाने भयो, प्रधानमन्त्री लगलग काँपेका छन् भन्ने पनि सुनिन्छ । पद नगएको दुनियाँमा कोही देखेको छैन, राजा–महाराजा, सम्राट वादशाह सबैको पद जान्छ’, प्रधानमन्त्री ओलीले भने– ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निर्वाचनसम्म धैर्य गरिदिन आग्रह गर्दछु ।’
उनले दिवास्वप्न नदेख्न समेत आग्रह गरे । ‘अहिलेको सरकार लगलग काँप्यो भन्ने, यस्तो दिवास्वप्न कसैले नदेखे हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने ।
साथै उनले चिहानमा गएर हड्डी फुक्दै व्यवस्था उल्टिने सपना नदेख्न पनि चुनौती दिए ।
यस्ता गतिविधिप्रति सरकार उदार बनेको त्यसमा विश्वास नलागेका कारण नै हो भन्दै प्रधानमन्त्री ओलीले विश्वास लागेको दिन संविधान र व्यवस्थाको रक्षामा लाग्ने बताए ।
हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प
भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो ।
आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन ।
प्रदेशसभाको चौथो अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आइतबार रातिदेखि अन्त्य भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी दिए ।
गत जेठ १ गते शुरु भएको चौथो अधिवेशनमा सुदूरपश्चिम स्वरोजगार विकास कोषका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत आठ विधेयक पारित भएको थियोे ।
घुस लिएको अभियोगमा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको उनमाथि अभियोग छ । आयोगका टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आइतबार पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु एक लाख घुस मागेको उनीहरुलाई आरोप लगाइएको छ ।
रिट निवेदन
सर्वोच्च अदालतमा संविधानविपरीत प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने ऐनको खारेजीको माग गदैै रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता लोकेन्द्र ओलीले आइतबार दायर गरेको रिट निवेदनमा संविधानको धारा २२०(८) र धारा २२७ मा स्थानीय तहका जनप्रतिनिधिले सुविधा मात्र लिने व्यवस्था रहेको उल्लेख छ । सो व्यवस्थाको गलत व्याख्या गरी प्रदेश नं २ र ३, गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाले मासिक रुपमा तलब, ज्याला, पारिश्रमिकसहित सुविधा लिन पाउने ऐन जारी गरेर लागू गरेको निवेदनमा जिकिर गरिएको छ ।
रिट निवेदनमा प्रदेशसभाले संविधानको गम्भीर उल्लङ्घन गरी लागू गरेका ऐन तत्काल बदर खारेजीको माग गरिएको छ । निवेदनमा छ वटै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ । संवैधानिक इजलासमा दर्ता भएको रिटको पेसी यही भदौ ६ गते तोकिएको छ । प्रदेश नं १ को प्रदेशसभाले भने सुविधा मात्रै लिने कानुन बनाएको छ ।
लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरी
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार प्रहरीमा किटानी जाहेरी परेको छ ।
उनकी श्रीमती सम्झनाले पक्राउ परेकाविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार आइतबार परेको पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकिएको छ । चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रहरी हिरासतमा रहेका तीनै जनाको नाममा जाहेरी परेको जानकारी दिए । यसअघि घटनाको अनुसन्धानका लागि भनेर परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
पुडासैनीको यही साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । घटना हुनुअघि उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको श्रव्यदृश्य सामग्रीे फेला परेको थियो ।
पुडासैनीले मर्नुअघि मोबाइलमा रेकर्ड गरेको उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलार्ई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । शुक्रबार आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दामा चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
यसैबीच पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आइतबार पुगेको छ ।
अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए । टोलीले आइतबारैदेखि काम शुरु गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए ।
शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आइतबार तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो । छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।
अभिनेत्री पोखरेलले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी उच्च अदालत पाटनले खारेज गर्न अस्वीकार गरेको थियो । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नेप्सेमा नौ अङ्कको ओरालो
निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर रु ३२ करोड ९५ लाख २७ हजार ९१५ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार आइतबार कारोवार भएका कूल ११ उपसमूहमध्ये आइतबार एक उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । उत्पादन उपसमूह १.८ बिन्दुले बढ्दा बैंकिङ ४.२५, होटल ११.१९, विकास बैंक ५.४३, जलविद्युत् १८.७७, वित्त ३६.५८, निर्जीवन बीमा ३१.५८, अन्य ११.१४, लघुवित्त ८.५८, जीवन बीमा ८७.४२ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...