कात्तिक २५, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
भोजपुर- बस व्यवसायीको सक्रियतामा भोजपुर सदरमुकामबाट टक्सार, गुम्बा हुँदै दक्षिणी क्षेत्रका तीन वटा स्थानीय तह जोड्ने मुख्य सडक लामो समयपछि सञ्चालनमा आएको छ ।
सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदिएपछि व्यवसायीले सडक मर्मत गरेर बन्द भएको करीब डेढ महीनापछि सञ्चालनमा ल्याएका हुन् । स्थानीयवासीको दैनिक जनजीवनसँग जोडिएको सडक मर्मतमा व्यवसायी आफैँ जुटेका हुन् ।
उनीहरूले गत असार महीनाको वर्षाले बिगारेको सडक आफ्नै पहलमा निर्माण गरेर शनिबारबाट यातायात सञ्चालनमा ल्याएका छन् । नगरपालिकासमक्ष सडक मर्मतका लागि पटक–पटक अनुरोध गर्दा पनि चासो नदिएपछि करीब १२ किलोमिटर सडक आफैँले डोजर लगाएर मर्मत गरेको तत्कालीन संयुक्त बस व्यवसायी सङ्घका अध्यक्ष गोपाल मोक्तानले बताए ।
उनले भने,“सरोकारवाला पक्षलाई धेरै पटक अनुनयविनय गर्दा पनि चासो नदिएपछि हामी आफैँ मर्मतमा जुटेका हौँ ।” धेरैपटकको अनुरोधपछि काम थालेको नगरपालिकाले बीचैमा काम छाडेपछि व्यवसायी आफैँले सडक मर्मत गरेका हुन् । नगरपालिकाले तीन दिन लगाएर सडक बजेट सक्न देखावटीरूपमा करीब ५० मिटर मात्र मर्मत गरेको व्यवसायीको आरोप छ ।
आफूहरूले भने करीब दुई दिन लगाएर १२ किलोमिटर सडक मर्मत गरेको व्यवसायीको भनाइ छ । “हामीले दुई दिनमा १२ किलोमिटर सडक मर्मत गरेर यातायात सञ्चालन ल्याएका छौँ, तर नगरपालिकाले तीन दिनमा करीब ५० मिटर सडक खनेको छ । यसले नगरपालिका काम गर्न भन्दा पनि बजेट सक्न लागेको देखिन्छ”, मोक्तानले भने ।
नगरपालिकाले गर्नुपर्ने काममा जनताको सेवालाई ध्यानमा राख्दै व्यवसायी नै अग्रसर भएपछि स्थानीयवासीले पनि सडक मर्मतमा साथ दिएका छन् । तर यस्तो काममा नगरपालिकाले चासो नदिएकोमा भने उनीहरु आक्रोसित बनेका छन् । स्थानीयवासी शिव कार्कीले भने, “बाटो अवरोध भएको एक महीना भएको थियो तर खुलाउन सरोकारवाला पक्षको ध्यान गएन, गर्भवती, बिरामी तथा अशक्त नागरिकलाई डोको तथा स्ट्रेचरमा बोकेर ल्याइरहेको अवस्था छ, खोइ यसतर्फ जनप्रतिनिधिको ध्यान गएको ?” ।
सदरमुकामबाट दक्षिणका तीन गाउँपालिकासँग जोड्ने यो मुख्य सडक हो । पिखुवा खोलापारिको सडक त्यहाँका स्थानीय तहले यसअघि नै मर्मत गरेको भए पनि नगरपालिका क्षेत्रको सडक भने बन्द रहेको थियो । सो सडकमा नियमित यातायात सञ्चालनमा आएसँगै स्थानीय खुशी भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...