चैत ८, २०८०
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
भक्तपुर-चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् ।
व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो ।
साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङले बताए । उनले भने,“हामीलाई कुनै विकल्प नदिइ एक्कासि हाम्रो घर टहरा र होटल तथा व्यवसायमाथि डोजर चलाइयो, यसको विरोधमा हामीले आजदेखि नगरकोट अनिश्चितकालीन बन्द गराएका हौँ ।”
साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् । स्थानीयवासी धनबहादुर लामाले नगरपालिकाले जबर्जस्ती गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएको बताउँदै यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष प्रभाव पार्ने बताए ।
उनले नगरकोट आउने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने जनाए पनि केही पर्यटक बन्द भएको सुनेर बीचबाटै फर्किएको जानकारी दिए । यता नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने पटकपटक सूचना जारी गरी माइकिङ गरेर नै अवैध संरचना हटाइएको जानकारी दिँदै बाँकी २० घर, टहरा आज भत्काइने बताए ।
नगरपालिका र वन कार्यालयले भट्टेडाँडा नगरकोट टावरसम्मका अवैध घर, टहरा भत्काएको थियो । हिजो घर टहरा भत्काउने क्रममा झडपसमेत भएपछि सुरक्षाकर्मी परिचालन गरी भत्काइएको थियो । यहाँका ठूला होटल सञ्चालकहरूले भने अवैधरुपमा सञ्चालित होटल तथा रेस्टुराँले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै यस्ता व्यवसाय हटाउन माग गर्दै आएका थिए ।
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...