×

NMB BANK
NIC ASIA

विश्वकै अग्लो ताल तिलिचोप्रति पर्यटकको आकर्षण

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मुस्ताङ – विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तिलिचोप्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटकलाई सहजरुपमा त्यहाँ पुर्‍याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा मुस्ताङको ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म यतिखेर सडक विस्तार भइहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मुस्ताङको पर्यटकीय गाउँ ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म सडक विस्तार गर्ने योजनाअनुरुप काम अघि बढिसकेको गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली बताउँछन् । 'पछिल्ला समय तिलिचोप्रति पर्यटकीय आकर्षण बढ्दै गएको छ', उनले भने, 'पदयात्रा गर्न नसक्नेका लागि नमखुसम्म मोटरबाटो खन्दै छौँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नमखुबाट करीब तीन घण्टा पैदल हिँडेपछि मेसोकन्दो पास हुँदै तिलिचो ताल पुग्न सकिन्छ । ठिनीबाट नमखुसम्मको मोटरबाटोको लागि गत आवमा रु ५० लाख विनियोजन गरिएको थियो । बाटो लगभग आधा सम्पन्न भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

'क्रमागत बजेटमार्फत यस वर्ष पुनः रु ५० लाखमा बाटो निर्माण भइरहेको छ', थकालीले भने । नमखुबाट हिँड्न नसक्नेका लागि त्यहाँबाट तिलिचोसम्म केबुलकार निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । भगवान् शिवले तपस्या गरी बसेको किंवदन्ती समेतका आधारमा तिलिचो धार्मिक रुपमा पनि उत्तिकै आकर्षक गन्तव्य हो । 

Vianet communication
Laxmi Bank

मनाङको नेस्याङ गाउँपालिका–९ स्थित उक्त ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्छ । चार दशमलव आठ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त  ताल वरपर चाँदी जस्तै टलक्क टल्किएको तिलिचो हिमाल, अन्नपूर्ण शृङ्खला र नीलगिरि हिमालले पर्यटकको मन लोभ्याउँछ ।

नमखुसम्म मोटर बाटो निर्माण गरिएसँगै यसले मुस्ताङबाट तिलिचो हुँदै मनाङ झर्ने वा मनाङबाट तिलिचो हुँदै मुस्ताङ झर्ने विकल्प पर्यटकका लागि खुला हुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए ।

हिँड्नसक्ने पर्यटकका लागि तिलिचो पदयात्रा उत्तिकै महत्वपूर्ण गन्तव्य भएकोे र मुस्ताङको ठिनीबाट नमखुसम्म सवारीसाधनमा यात्रा गरी त्यहाँ पुग्न सकिन्छ । 

मनाङ र मुस्ताङको विविधतायुक्त रमणीय भूभाग आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्छ । मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा होमस्टे (घरवास) सञ्चालनमा आएको छ ।

यहाँबाट मोटरबाटो हुँदै नमखुसम्म पुग्न सकिने भएपछि एकै दिनमा पर्यटक तिलिचो पुगेर पुनःमुस्ताङ नै फर्कनसक्ने घरपझोङ गाउँपालिका–५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए ।

पर्यटकलाई लक्ष्य गरी नमखुमा आवश्यक पूर्वाधार निर्माण गरिँदैछ । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङ मुस्ताङ हुँदै छोटो समयमा तिलिचो पुगेर फर्कनसक्ने भएपछि यहाँको पर्यटकीय आकर्षण बढ्दै गएको बताउँछिन् ।

'पर्यटकको बढ्दो आगमनसँगै पूर्वाधार विकासलाई पनि सँगसँगै अघि बढाउँदैछौं', उनले भनिन् । वासुदेव पौडेल/निरज थकाली / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x