अफगानिस्तानमा स्वतन्त्रता दिवस मनाइँदै गर्दा बम विस्फोट, ३४ जना घाइते

भदौ २, २०७६

काठमाडौं – अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमवार भएको शृंखलाबद्ध बम आक्रमणमा कम्तीमा ३४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । सोमवार नै अफगानिस्तानले सयौं स्वतन्त्रता दिवस मनाइरहेको छ । 

रेस्टुराँ र सार्वजनिक चोकहरूमा विस्फोट गराइएको थियो । 


ADVERTISEMENT

कुल १० वटा बम विस्फोट गराइएको थियो । कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन तर आतंकवादी संगठनहरू इस्लामिक स्टेट र तालिबान दुवै त्यहाँ सक्रिय छन् । 

यसअघि शनिवार राति ६३ जनाको ज्यान जाने गरी गरिएको आत्मघाती आक्रमणको जिम्मा आईएसले लिएको छ । 

आज जलालाबादमा सयौं मानिसहरू स्वतन्त्रता दिवस मनाउन एउटा बजारमा भेला भएको बेलामा बम राखिएको थियो । 

राष्ट्रपति अशरफ गानीले काबुलमा स्वतन्त्रता दिवसको सम्बोधन गर्दै लडाकूहरूको गुँड ध्वस्त पार्नका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने बताए । 

एजेन्सी

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार