×

NMB BANK
NIC ASIA

नाडा अटोशोमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल अटो मोबाइल डिलर्स एसोसियसन (नाडा)ले आयोजना गर्न लागेको नाडा अटोशोमा महिन्द्राका दुई नयाँ मोडलहरु सार्वजनिक हुने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको नेपालका लागि प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले आगामी १० भदौ देखि हुन लागेको नाडा अटोशोमा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’ र ‘महिन्द्रा मराजो’ नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिन्द्रा एक्सयूभी– ३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी रहेको अग्नी इन्कर्पोरेटले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै महिन्द्रा मराजो पनि निकै चर्चामा रहेको र आगामी १० गते देखि चल्ने नाडा अटोशोमा मुख्य आकर्षणको रुपमा रहने अग्नी इन्कर्पोरेसनले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

महिन्द्राका अनुसार दुवै मोडेलका आकर्षक विशेषता रहेका छन् र नेपाली बजारमा मुख्य आकर्षणको रुपमा रहने छन् ।

के छन् महिन्द्रा एक्सयूभी–३००का विशेषता?

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ ।

यसमा आकर्षक सनरुफका साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध रहेका महिन्द्राले छन् । 

एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएस जस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ । 

नयाँ एसयूभी १ दशमलव २ लिटर टर्बो पेट्रोल र साढे १ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १ दशमलव २ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै २ हजार  देखि ३५ सय आरपीएममा २ सय  एनएम–टर्क उत्पादन गर्छ । 

साथै, १ दशमलव ५ लिटर डिजेल इन्जिनले ३७ सय ५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सय देखि २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्ने महिन्द्राले जानकारी दिएको छ । उक्त गाडीले युवा पुस्तालाई आकर्षित गर्ने अग्नी इन्कर्पोरेटको आपेक्षा रहेको छ ।

के छन् महिन्द्रा मराजोका विशेषता?

निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटोशोमा मुख्य आकर्षणको रुपमा रहने आपेक्षा गरिएको छ ।

मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित भएर निर्माण गरिएको छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो । यसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ । त्यस्तै कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 
कारमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ ।

महिन्द्रा मराजोमा नयाँ साढे १ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५ सय आरपीएममा १२१ हर्स पावर र १७ सय ५० देखि२५ सय  आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।

भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने आपेक्षा अग्नी इन्कर्पोरेटले राखेको छ ।

महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी)  ‘मराजो’ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने आपेक्षा अग्नीले गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x