×

NMB BANK
NIC ASIA

बिहादी गाउँपालिकामा केन्द्र सार्ने विवाद

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत – दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट विनियोजन भएर भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । संघ र प्रदेशको निर्णय बाझिँदा समस्या भएको हो ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाको केन्द्र अहिले वडा नम्बर ४ बहाकीमा रहेको छ तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणको लागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई इमिचौरमा निर्माण गर्ने भनेपछि विवाद बढेको हो । 

Vianet communication
Laxmi Bank

संघीय सरकारले गाउँपालिकाको केन्द्र बहाकी तोकेर सोही ठाउँबाट काम हुँदै आइरहेकामा प्रदेश सरकारले दिएको बजेटसँगै आएको नामले गाउँपालिकाको केन्द्र सार्ने विषयले फेरि महत्व पाएको स्थानीयले बताएका छन् । कतिपय जनप्रतिनिधिले अहिले कायम रहेको वहाकीमा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने बताइरहेका छन् भने कतिपयले इमिचौरमा सारिनु उपयुक्त हुने बताउँदै आएका छन् ।

इमिचौर आसपासका बासिन्दा र जनप्रतिनिधिले अहिले भइरहेको स्थानको केन्द्र अपायक भएको बताउँदै केन्द्र इमिचौरमै सारिनुपर्ने मागलाई तीव्र पारिरहेका छन् । इमिचौर साविक रानीपानी गाविसमा पर्दछ ।

अहिले केन्द्र रहेको स्थान वहाकी र आसपासका बासिन्दाले केन्द्र सारिन नहुने बताउँदै आएका छन् । प्रदेश सरकारले भवन निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेपछि गाउँपालिकाको भवन निर्माण हुने पक्का भएको छ ।

जहाँ भवन निर्माण हुन्छ, त्यो नै स्थायी केन्द्र बन्ने भएका कारण इमिचौर र वहाकीका दुई पक्षबीच केन्द्र राख्ने विषयको मुद्दा चर्किएको स्थानीय हरि न्यौपानेले बताए । वडा नम्बर ३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले प्रदेशले ठाउँ तोकेर रकम विनियोजन गरिसकेको अवस्थामा केन्द्र सार्नैपर्ने बाध्यता रहेको बताए ।

‘हामीले गाउँपालिकाको केन्द्र इमिचौर हुनुपर्छ भन्दै बहुमतको निर्णय गरी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा केन्द्र सारिनुपर्ने माग बुझाएका थियौं,’ उनले भने, ‘गाउँपालिकामा पनि केन्द्र सार्नुपर्छ भन्ने माग आएको छ, प्रदेश सरकारले पनि बजेटसहित ठाउँ तोकेको छ ।’

गत शुक्रबार जनप्रतिनिधिसहित इमिचौर आसपासका स्थानीय केन्द्र सार्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेका थिए । केन्द्र सार्ने विषयमा गाउँपालिका प्रमुख कमलप्रसाद भुसालसँग छलफल भएको भएपनि केन्द्र सार्ने विषयमा उदासीन बन्दै बेवास्ता गरेको वडाध्यक्ष आलेले बताए ।

बहुमतको संख्यामा गाउँपालिकाको केन्द्रमा पुगेका जनप्रतिनिधि र स्थानीयको कुरा नसुनी गाउँपालिका प्रमुख भुसालले तोक लगाउन अस्वीकार गरेर भवनका लागि आएको बजेट फ्रिज गराउने अवस्था उत्पन्न गराएको उनको भनाइ छ । विहादी–२ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडा सदस्य, कार्यपालिका सदस्य, वडा नं ३ का सबै सदस्य, वडा नं १ का प्रतिनिधि इमिचौरमा केन्द्र सानुपर्ने अडानमा छन् ।

गाउँपालिका प्रमुख भुसाल भने संघीय सरकारले तोकेको वहाकीनै केन्द्र बन्नुपर्ने भन्ने अडानमा रहेका छन् । गाउँपालिकाको निर्माणका लागि वहाकीमा जगा किन्ने कामसमेत भइसकेका कारण केन्द्र सार्ने कुरा अनपयुक्त भएको उनको तर्क छ । उनले सकेसम्म सबैको सहमति गराएर साविककै ठाउँमा भवन निर्माण गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x