×

NMB BANK
NIC ASIA

उत्तराखण्डको रूपकुण्डमा हाडैहाड, कसरी मरे यति धेरै मानिस ?

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको उत्तराखण्डमा रहेको रूपकुण्ड तालमा सयौं मानिसको हाडखोर भेटिने गरेको छ । त्यहाँ मर्ने मानिसमा ग्रीसेलीहरू पनि भेटिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

रूपकुण्डमा धेरै वर्षअघि प्राकृतिक विपत आएका कारण सयौं मानिस मारिएको विश्वास गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले एक भारतीय टोलीले जिनोम डीएनए डेटा विश्लेषण गरेको छ । त्यसमा विभिन्न किसिमका मानिस एक हजार वर्षअघि मरेका भेटिए । 


Advertisment
Nabil box
Kumari

यस तालका बारेमा पहिलो जानकारी दोस्रो विश्वयुद्धमा बेलामा एक बेलायती गार्डले दिएका थिए । उनले समुद्र सतहभन्दा १६ हजार फीटमाथि हाडैहाड भेटेका थिए । 

Vianet communication
Laxmi Bank

हाडहरूको विश्लेषण गर्ने टोलीका नेतृत्वकर्ता वरिष्ठ चिकित्सक नीरज रायले भने, ‘रूपकुण्ड तालमा मरेका मानिस को हुन् र उनीहरू किन त्यहाँ पुगे र कसरी मरे भन्ने विषयमा पहिलेदेखि नै अनुमान हुने गरेका थिए ।’

ठूलो पहिरो आएर मानिस मरेकादेखि लिएर सामूहिक आत्महत्या भएको सम्मका व्याख्या गरिने गरेका छन् । तर हालै मात्र आएर अनुसन्धाताहरूले मृत्युको वास्तविक कारण पत्ता लगाएका छन् । 

अधिकांश मृतकहरूको खप्पर फुटेको छ र क्रिकेटको बल जत्रो आकारको असिनाले खप्पर फुटाएको अनुसन्धाताहरूको निष्कर्ष छ । 

मृतकको खप्पर र काँधको हाडमा गोलो वस्तुले माथिबाट हिर्काएको देखिएकाले त्यो असिना नै हुनुपर्ने उनीहरूले निष्कर्ष निकालेका हुन् । 

ओत लिने ठाउँ कतै नभएकाले त्यहाँ पुगेको समूह असिनाबाट बच्न नसकेको देखिन्छ । 

उनीहरूको शरीर तालमै जमिरह्यो अनि १२ सय वर्षपछि बल्ल पत्ता लाग्यो ।

कंकालबाट प्राप्त डीएनएको विश्लेषण गर्दा तीनथरी जेनेटिक समूहका मानिस भएको पत्ता लागेको छ । 

पहिलो समूहमा २३ जना छन् र तिनीहरू विभिन्न ठाउँका भारतीय हुन् । 

दोस्रो समूहमा १४ मानिस छन् र उनीहरू ग्रीसतिरका मानिस हुन् । 

तेस्रो समूहका मानिस चाहिँ दक्षिणपूर्वी एसियाका मानिस हुन् ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x