कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं– बेलायत निवासी कृष्ण तिमल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप उप–संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनको विश्व सम्मेलन नजिकिँदै गर्दा उनले उपसंयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
एनआरएनभित्र परिचित व्यक्तित्व तिमल्सिनाले आगामी अक्टोबरमा हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा आफूले उम्मेदवारी दिन लागेको बताए ।
लामो समय एनआरएन अभियानमा होमिदा प्राप्त अनुभवलाई नेतृत्वदायी भूमिकामा रहेर उपयोग गर्ने योजनाका साथ आफूले सो पदमा उम्मेदवारी दिन लागेको तिमल्सिनाले जानकारी दिए ।
देश निर्माणमा अहिले एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी आएको छ, त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।
युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्यबसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न, युरोपमा एनआरएन एनसीसीलाई थप बिस्तार गर्न, अहिले युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना समेत उनले अघि सारेका छन् ।
सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना यसअघि सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए।
सोअघि शेष घलेको कार्यकाल सन् २०१५ देखि ०१७० मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव संगालिसकेका उनको एनआरएनका सबै पूर्वअध्यक्षहरुसँग राम्रो सम्पर्क रहेको छ ।
एनआरएनले सञ्चालन गर्दै आएका सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका तिमल्सिनाले सबैको सहसल्लाहमा आफूले उपसंयोजक पदमा उम्मेदवारी दिने निधो गरेको र विजयी हुनेमा पनि ढुक्क रहेको बताए ।
हाल एनआरएन युकेको सल्लाहकारको भूमिकामा रहेका तिमल्सिनाको युरोप क्षेत्रका एनआरएन नेपालीसँग व्यक्तिगत सम्पर्क समेत राम्रो रहेको छ ।
विशेषतः युरोप क्षेत्रका समग्र सुद दुःखमा एनआरएन नेपालीसँगै हिँड्ने उनको प्रतिबद्धता रहेको छ ।
करिब १८ वर्षदेखि बेलायतमा रहँदै आएका धादिङ धुवाँकाेटका उनी यूकेमा समाजसेवीको रूपमा परिचित छन् ।
विभिन्न च्यारिटीको कामदेखि अनेकन समाजसेवाका गतिविधिमा उनी अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् । यस्तै उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर सहयोग गर्दै आएका छन् ।
उनको नेपाल तथा बेलायतमा विभिन्न व्यवसाय रहेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...