नदीले बगाउँदा १ जना बेपत्ता

प्रतिकात्मक तस्वीर
भदौ ५, २०७६

बनेपा – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदीले बगाउँदा १ जना बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सर्लाही गडैता नगरपालिका–११ माधवपुरका २५ वर्षीय राधेश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।


ADVERTISEMENT

गर्मी भएको भन्दै नदीमा नुहाउन जाने क्रममा राउत बुधवार साँझ बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार